बिपी स्मृति दिवसमा नेपाल तरुण दल अमेरिकाले अन्तरक्रिया गर्ने

विविध/प्रवास - असार ३०, २०७५, शनिबार, काठमाडौं

बिपी कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा नेपाल तरुण दल ,अमेरिकाले अन्तरक्रिया गर्ने भएको छ ।

स्मृति दिवसमाको अवसरमा अमेरिकाको ज्याक्सन हाइटस्थित थकाली किचनमा आइतबार अन्तरक्रिया गर्नेे भएको हो । १५ जुलाई आइतबार दिउँसो साढे २ बजे अन्तरक्रिया गर्ने नेबिसंघ अमेरिकाका केन्द्रिय सदस्य चिरञ्जिवी आचार्यले जानकारी दिए । 
देशको समसामायिक विषयवस्तुमा अन्तरक्रिया गरि स्मृति दिवस मनाउन लागिएको आचार्यले बताए ।
तरुण दल अमेरिकाले गत वर्षहरुमा पनि स्मृती दिवस मनाउदै आइरहेको छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।