आफ्ना श्रीमानसँग डिभोर्स गरेर दुई महिलाले गरे समलिंगी विवाह

रोचक खबर - पुष २२, २०७५, आइतबार, काठमाडौं

भारतमा आफ्ना श्रीमानसँग डिभोर्स गरेर दुई महिलाले समलिंगी विवाह गरेका छन् । भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लाका २६ वर्षीया र २१ वर्षीया ति दुई महिलाले श्रीमानसँगको सम्बन्धलाई टुक्राएर समलिंगी विवाह गरेका हुन् ।

भारतीय मिडियाका अनुसार दुईमध्ये एक महिला नानीकी आमासेमत हुन् । उनीहरु विगत ७ महिनादेखि प्रेममा थिए । २१ वर्षीया महिला एक शिक्षककी छोरी हुन् भने अर्की २६ वर्षीया महिला मजदुरकी छोरी रहेको बताइएको छ । दुवै महिला विवाहित भएका कारण दुवैले आफ्ना पतिसँग तलाक दिँदै समलिंगी विवाहमा बाँधिएका हुन् ।

उनीहरुले एकअर्काबिना बाँच्नै नसक्ने भएपछि प्रेम सम्बन्धलाई विवाहमा बदलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनी विवाह दर्ता गर्न त्यहाँको पंजीकरण विभागमा गए पनि पंजीकरण विभागका कर्मचारीले विवाह दर्ता गर्न मानेका थिएनन् । कानूनले समलिंगी विवाहलाई मान्यता नदिएकाले उनीहहरुले दर्ता गर्न मानेका थिएनन् । तर, दुवै युवतीले समलिंगी विवाहलाई मान्यता दिन निवेदन पनि दिएका थिए ।

- एजेन्सी

राठकोतवाली क्षेत्रमा बस्ने ती दुई युवतीले शुक्रबार पंजीकरण कार्यालयमा आएर एकअर्कालाई अंगालोमा बाँधेर समलिंगी विवाह गरेको पंजीकरण विभागका सब रजिस्ट्रार रामकिशोर पाल जानकारी दिए ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।