महुलि लघुवित्तको प्रशिक्षार्थी अभिमुखीकरण गोष्ठी सम्पन्न 

अर्थवाणिज्य - माघ ५, २०७५, शनिबार, प्रकाशपुर

मदन अधिकारी / महुलि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा काम गर्ने नयाँ कर्मचारीहरुलाई लघुवित्त कार्यक्रमको बारेमा जानकारी गराउँदै कार्यक्षेत्रमा काम गर्दा आवश्यक पर्ने ज्ञान, सीप तथा दक्षताको बारेमा ज्ञान दिलाएको छ । 
नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोेजना गरिएको लघुवित्त अभिमुखीकरण तालिमको सप्तरीको महुलि स्थित आफ्नै सभाहलमा सम्पन्न भएको हो । संस्थाका प्रबन्ध निर्देशक रोशन मडरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायण चौधरीले लघुवित्तको परिचय, इतिहास, नेपालमा लघुवित्तको सुरुआत आदिको बारेमा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।

गर्नुको  देशका अधिकांश क्षेत्रहरु ग्रामीण क्षेत्र रहेको र सो क्षेत्रका विशेष गरी महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेकोले उनीहरुको अवस्था माथि उठाउने उद्धेश्यले नेपालमा लघुवित्त स्थापना रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

संस्थाले विशेष गरी तराइ तथा पहाडी जिल्लाहरुमा केन्द्रित रहेको समेत अध्यक्ष चौधरीले जानकारी दिए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भएतापनि उनीहरु इमान्दार, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको बताए ।

लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पूर्व तालिम सञ्चालन प्रक्रियाहरुका बारेमा सञ्चालक मडरले प्रष्ट पारेका थिए ।
त्यसैगरी फिल्डमा काम गर्ने कर्मचारीहरुमा लघुवित्तको बारेमा आवश्यक ज्ञानका साथै अन्य विविध क्षेत्रको ज्ञान आवश्यक रहेकोले सोही ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्ने गरि प्रशिक्षार्थीहरुलार्इ जानकारी समेत गराइएको थियो ।
शुक्रबार एक नि सञ्चालन भएको सो सेवा प्रवेश पूर्व तालिम कार्यक्रममा ४३ जना प्रशिक्षार्थीहरुलार्इ नियुक्ति दिई संस्थाको विभिन्न शाखामा समेत खटाइएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।