इनरुवामा सानिमा लाईफ इन्स्योरेन्सको शाखा उद्घाटन

अर्थवाणिज्य - माघ ८, २०७५, मंगलबार, इनरुवा

सुनसरी सदरमुकाम इनरुवामा सानिमा लाईफ इन्स्योरेन्सले शाखा कार्यालय विस्तार गरेको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रदेश नम्बर १ भित्र छैटौं शाखा हो । 
आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि र सर्वसाधारणमा विमा चेतना जगाई नेपालीहरुलाई जीवन विमाको दायरामा ल्याउने उद्देश्यले इनरुवामा शाखा कार्यालयको विस्तार गरेको कम्पनीले जनाएको छ । 

देशभरी शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणमा बीमाको जनचेतना जगाउने उद्देश्यले विस्तार गरिएको शाखा कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अथिति इनरुवा नगरपालिकाका मेयर राजन मेहता, विशेष अथिति कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ, प्रदेश नम्बर १ का प्रमुख उधब चौधरी, अथितिहरु वडाअध्यक्ष आलम अन्सारी, वडा अध्यक्ष रामचन्द्र पौदार, इनरुवा शाखा प्रमुख मनोज साह लगायत स्थानिय भद्र भलादमीहर समेतको उपस्थिति रहेको थियो । 

सञ्चालकका अनुसार, दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्कको रुपमा संकलन गरी नियमनकारी निकायको लगानी निर्देशिका बमोजिम अत्याधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश विकासको महान कार्यमा लगानी गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ । यस कम्पनीले शाखा संजाल विस्तार गर्ने कार्यलाई निरन्तरता दिर्इ रहने बताए ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।