स्थाानीय सरकारसँग आफ्नो लक्ष्य प्रस्तुत गर्दै माहुलि सामुदायिक लघुवित्त

अर्थवाणिज्य - माघ ९, २०७५, बुधबार, प्रकाशपुर

मदन अधिकारी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ रेडक्रसको सभाहलमा स्थानीय निकाय सँग लघुवित्तको एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । 

लघुवित्तको सिद्धान्त, स्थानीय सरकारको भूमिका र सदस्यहरुको जिज्ञासा मेट्ने, सम्बन्ध सुधार गर्ने, स्थानीय विकासमा लघुवित्तले कसरी विकास गर्न सक्छ भन्ने जानकारी दिो उद्द्श्यले महुलि समुदायिक लघुवित्त वित्तीय संस्थाले कार्यक्रम गरेको थियो । 

कार्यक्रमका सभाध्यक्ष यसै लघुवित्तका अध्यक्ष प्रभु नारायण चौधरी रहेका थिए । प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका उप प्रमुख कमला मगर, अतिथिमा प्रबन्ध सन्चालक रोशन कुमार मण्डल, बराहक्षेत्र नगरपालिकाका ७ नम्बर वडा अध्यक्ष वीर बहादुर लिम्बू, ८ नम्बर वडा अध्यक्ष फडिन्द्र भट्टरार्इ, ९ नम्बर वडा अध्यक्ष दिपक कुमार लिम्बू, १० नम्बर वडा सदस्य भक्त वहादुर गुरुङ, संस्थाका प्रशासन प्रमुख चन्द्र नरायण चौधरी र तालिम विभाग प्रमुख रमेश कुमार चौधरी थिए । बाङ्गे शाखा प्रवन्धक डम्बर नारायण यादवले स्वागत मन्तव्य राखेका थिए । 

सोही कार्यक्रममा संस्थाको नीति नियम र नगरपालिकाको विकासमा लघुवित्तले गर्नसक्ने सहयोग गर्न प्रतिबद्ध रहेको यसै संस्थाका प्रवन्ध सन्चालक मण्डरले बताए । यश भेगका महिलाको जीवनस्तर नउस्किउन जेल आफूहरुले काम गरेको प्रगति नदेखिने बताउँदै समृद्ध बराहक्षेत्रको लागि सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यता बराहक्षेत्र नगरपालिकाका उप प्रमुख कमला मगरले संस्थाले आफ्नो हितको लागि भन्दा पनि गरिबी निवारण तर्फ आफ्नो योजना बनाउनु पर्ने बताइन् । साथै नगरपालिकाले यस लघुवित्तलाई सहयोग गर्न समेत पछि नहट्ने उनको भनाइ थियो । 

संस्थाका अध्यक्ष चौधरीले संस्थामा आवद्द सदस्यहरुले आफ्नो जिज्ञासा मेटेका थिए । नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यमा संस्था समेत सहभागी हुन पाएकोमा खुसि व्यक्त गर्दै २०३० सम्ममा गरिबी निवारण गर्ने आफ्नो संस्थाको लक्ष्य रहेको चौधरीले बताए । १५ जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले छिट्टै राष्ट्रिय स्तरको संस्था बन्ने लक्ष्य समेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा चतरा र बाङ्गे शाखा गरि २ हजार ५ सय ८७ सदस्यको प्रतनिधित्व गर्दै १ सय ५० जना सदस्यको उपस्थिति रहेको थियो ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।