सनराईज बैंक झुम्का शाखाद्धारा दुर्घटना बीमा रकम वितरण

अर्थवाणिज्य - माघ २३, २०७५, बुधबार, रामधुनी

सुनसरीको रामधुनीस्थित झुम्का बजारमा रहेको सनराईज बैंकको शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बीमाको रकम मंगलबार वितरण गरेको छ ।

गत वर्ष दुर्घटनामा परी ज्यान गुमाएका सुनसरी मधेशाका नैनाबहादुर बन्जराको परिवार लाई ४ लाख १५ हजार १ सय ४४ रुपैयाँ बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले वितरण गरेका छन् । बैङकले आफना ग्राहकलाई उक्त विमा रकम वितरण गरेको हो ।

ज्यान गुमाएका बन्जराकी श्रीमती सरस्वती बन्जरा र रमा बन्जरालाई उक्त रकम वितरण गरेको झुम्का शाखा प्रमुख द्धर्णबहादुर घिमिरेले जानकारी दिए ।
बैंकले आफ्ना सबै शाखाहरुबाट दुर्घटना बीमामा ग्राहकको मौज्दात रकम अनुसार चार गुणा वा ५ लाख सम्म र स्वास्थ्य बीमा तर्फ मौज्दात रकम अनुसारको २५ प्रतिशत रकम सम्म सुविधा दिने गरेको शाखा प्रमुख घिमिरेले बताए ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।