नेपालमै यस्तो, अब अनलाइन बाटै विवाह हुने

रोचक खबर - माघ २६, २०७५, शनिबार, काठमाडौं

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ ? आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ।

तपाईं कतै वर,बधुको खोजीमा त हुनुहुन्न ?यदि हुनुहुन्छ भने तपाईंका लागि नयाँ आफर आएको छ । अब तपाईंले अनलाइन बाटै वर-बधु खोज्न सक्नुहुनेछ । नयाँ स्वयम्बर नामको एउटा अनलाइन पोर्टलले यस्तो कार्यको प्रारम्भ गरेको हो । यसको लागि तपाईंले तलको लिन्क मा क्लिक गर्न सक्नुहुनेछ ।

https://www.myswayambar.com/ अनलाइन पोर्टलको पसुरुवात भएपछि अब मागी विबाह कुर्नु नपर्ने भएको छ । उक्त वेबसाईटको उद्घाटन आज कोमल ओलीले गरेकी हुन । यसको शुभारम्भ भएपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गरि विबाह गर्न सक्नेछन ।

‘मेरो स्वयम्बर’ नाम दिइएको उक्त अनलाइन पोर्टलको मुख्य उद्देश्य भनेको सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गरि धार्मिक तथा साँस्कृतिक अनुष्ठानलाई सहज र सरल बनाउनु हो । यसका साथै यो वेबसाईटले सुखमय दाम्पत्य जीवन बनाउने र ज्योतिष, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जानकारी दिएको छ ।

उक्त वेबसाईटका संयोजक पोर्टल मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिएका छन ।

त्यस वेबसाईटको शुभारम्भ गर्दै राष्ट्रियसभाकि सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति र धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लैजानुपर्ने बताएकी छिन ।

विवाह गर्न खोजिरहेका ब्यक्तिहरुले उक्त वेबसाईटमा गएर आफूले खोजेको,रोजेको र योग्यता पुगेका व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।