गर्मीमा आँखालाई धुलो र धुँवाबाट कसरी सुरक्षित राख्ने ?

यौन/स्वास्थ्य - चैत्र १, २०७५, शुक्रबार, रामधुनी

यसो भन्छन् मनिष गेलाल

अहिले हावाहुरी र सुख्खा मौसममा खासगरी झुम्काको सडकमा हिँडडुल र आवतजावत गर्दा धुलो र गाडीबाट निष्कने धुवालाई बढि ध्यान दिनु पर्ने हुन्छ । हाम्रो निकै महत्वपूर्ण अंगको रुपमा रहेको आखालाई नै यसले धेरै प्रभाब पार्ने गर्दछ । धुलोबाट आखा पाक्ने, एलर्जी हुने, धेरै सुखा हुने, आखाका बिभिन्न प्रकारका इन्फेक्सन लगाएत मोतियाविन्दु जस्तो दिर्घकालिन खालको रोग पनि यो मौसम र धुलोका कारणले लाग्ने गर्दछ । आखालाई धुलोका कारण हुने रोगबाट बचाउँन अपनाउँनु पर्ने सुरक्षाका उपाएको बारेमा रामधुनी मेडिकल हलका सञ्चालक समेत रहेका मनिष गेलालको भनाई यस्तो छ ।

  • यो हावाहुरी र सुख्खा मौसमा सबै भन्दा धेरै आँखामा आउँने समस्या भनेको आँखा पाक्ने, एलर्जी, बिभिन्न प्रकारका इन्फेक्सन र दिर्घकालिन मोतियाविन्दु सम्म हुन सक्छ । त्यसकारण धेरै धुलोे उडने ठाउँमा सामान्य खालको चस्माको प्रयोग गर्नु आबस्यक छ । 
  • बटामा अत्याधिक धुलोको कारणले गर्दा आखामा सिधै यसका कणहरु पर्न सक्छन् । त्यसैले धुलोबाट पनि आखालाई सुरक्षित राख्न चस्मा भन्दा अर्को उत्तम बिकल्प छैन । 
  • आँखालाई सम्भब भए सम्म सफा पानीले दिनमा ३ पटक नभएपनि २ पटक चै पखाल्नु आबस्यक छ । यसबाट आखा केहि हद सम्म सफा हुन्छ र किटाणुहरु आखामा रहन पाउँदैनन् ।  
  • आखालाई घाम र धुलोले सुख्खा बनाउँन सक्छ । जसको परिणमस्वरुप रातो हुने र चिलाउँने जस्ता समस्या देखा पर्दछ । त्यसैले सुख्खा हुनबाट आखालाई जोगाउँनु आबस्यक छ । 
  • आखामा धुलो परेको खण्डमा मिच्नुु हुदैन । धेरै मिचेमा त्यहाँ घाउ हुने गर्दछ । जसकारण मोतियाबिन्दुको पनि सम्भाबना हुन सक्छ । 
  • यदि धुलो परेको खण्डमा सर्बप्रथम छिटोछिटो बन्द गर्ने र खोल्ने गर्नु गर्नुपर्दछ । जसकारण आसु आउँछ र धुलो, धुवाका कणहरुलाई पखाल्नमा सहयोग गर्दछ । 

                                                                       ( प्रस्तुति शिशिर भट्टराई )

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।