जातीय भेदभाव गरेको आरोपमा पक्राउ

समाज - चैत्र ८, २०७५, शुक्रबार, दमौली

जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । 

गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा छिरेको भन्दै भिमाद नगरपालिका–६ का सुकबहादुर परियारलाई दुव्र्यवहार गरेका थिए । टाढै बसेर खानुपर्ने भन्दै भान्सामा पुगिसकेको अवस्थामा जातीय भेदभाव गरेको पीडितले बताए । 

पीडक दुवैविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए। आफूमाथि विभेद गरिएको भन्दै परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले पीडकलाई कानूनबमोजिम कारवाहीका लागि पहल गरेको समितिका अध्यक्ष बाबुराम सुनारले बताए । भिमाद नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका सुनारले जातीय रुपमा हुने अधिकांश घटना मिलापत्रमा मात्र सीमित गर्न खोजेपछि छुवाछूतको घटना झन मौलाएको बताए ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।