अन्तर्राष्ट्रिय भरौल गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा

खेलकुद - चैत्र २०, २०७५, बुधबार, बराहक्षेत्र

दिपक पुरी । 
बराहक्षेत्रकै ठुलो धनराशि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको  बुधबार भएको पहिलो  उद्घाटनखेल मा विजयी हुँदै चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ । बराहक्षेत्र ट्रेनिङ सेन्टर सुनसरीलाई २–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमिलाइनल प्रवेश गरेको हो । 

सुनसरीको बराहक्षेत्र ५ कालाबन्जामा रहेको ज.डे.ज.को खेलमैदानमा न्यु स्टार क्लबको आयोजनामा आज प्रतियोगिता सुरु भएको हो । बराहक्षेत्र ट्रेनिङ सेन्टरले गोल गर्ने धेरै प्रयास गरेपनि चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले गोल उत्कृष्ट प्रदर्शन गर्दा गोल बराहक्षेत्रको गोल हुन सकेन । बराहक्षेत्रका साजन राईले गरेको प्रहार पोल्मा ठोकिएको थियो ।
बराहक्षेत्रका गोलरक्षक संजिब खतिवडाले डिएरिया बाहिरको बल समातेर पाएको फ्रि किक चर्च ब्वाइजका निराज बस्नेतले खेलको २९ मिनेट हानेको थिर्किक सिधै गोलमा परिमाण भएको थियो । खेलको दोस्रो हापmमा ब्वाइज क्लबका सुमन खड्काले ३८ मिनेटमा गोल गरि टिमलाई २–० को अग्रता दिलाए ।

दोस्रो हापmमा थप कुनै गोल हुन सकेन । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका बराहक्षेत्र ट्रेनिङ सेन्टरका रबिन राई म्यान अफ द म्याच घोषित भए । उनले नगदसहित ५ हजार बराहक्षेत्र उपमेयर कमला मगरले हस्तान्तरण गरेका थिए ।

आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटनमा  बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल प्रमुख अतिथी, बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, बराहक्षेत्र प्रशासन प्रमुख अच्युत दाहाल, एन्फा केन्द्रीय बरिष्ठ उपाध्यक्ष किशोर राई बिशेष अतिथि रहेका थिए ।

प्रमुख अतिथि खनालले बेलुन उडाएर र प्रमुख रेफ्रीलाई गोल हस्तान्तरण गरि खेल उद्घाटन गरेका थिए । खेल मैदानको छेउ भरी राष्ट्रिय झण्डा राखेर खेलको शोभा  बडाएको थियो । २० चैत्रदेखि २७ गतेसम्म संचालन हुने उक्त गोल्डकपमा ८ वटा टीम सहभागी हुने आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । बिहीबारको खेल कञ्चङ्घा क्लब दार्जिलिङ र रेड हर्ष क्लब इलाम बीच प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलमा प्रथम हुने टीमले ३ लाख रुपैया, प्रमाणपत्र र ट्रफी, दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।