अन्तर्राष्ट्रिय भरौल गोल्डकप : रेड हर्ष क्लब सेमिफाइनल प्रवेश 

खेलकुद - चैत्र २१, २०७५, बिहिबार, बराहक्षेत्र

शुक्रबारको खेल फ्रेन्डस क्लब काठमाडौं र दाफिन्स फुटबल क्लब क्यामरुन बीच हुने

दिपक पुरी 
चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको बिहीबार भएको खेलमा विजयी हुँदै रेड हर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको बिजेता समेत रहेको रेड हर्षले कन्चन्जंगा दार्जिलिङ भारतलाई २–१ गोल अन्तरले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । 

खेल सुरु भएको ४ मिनेटमा रेड हर्षका काप्टेन मनिष थापाले डिएरिया बाहिरबाट प्रहार गरी एक गोल गरे । खेलको ३० मिनेटमा कन्चन्जंगाका खेलाडीलाई डेरिया बाहिर लडाएर पाएको फ्रिकिकमार्फत रिवास रानाले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए । 

खेलको अन्तरिक थप समय रेड हर्षका प्यट्रीक बिदेशी खेलाडीले ४०औं मिनेटमा हानेको गोल निर्णायक गोल बन्न पुग्यो । 

गत वर्ष रेड हर्षले तीन जना बिदेशी खेलाडीलाई टीममा समावेश गरेको थियो । खेल भर उत्कृष्ट प्रदर्शन गरेको रेड हर्ष क्लबका बिदेशी खेलाडी प्यट्रीक म्यान अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र ५ का वडा अध्यक्ष राजु अधिकारीले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरे ।

२७ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टीम सहभागी रहने आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । शुक्रबारको खेल फ्रेन्डस क्लब काठमाडौं र दाफिन्स फुटबल क्लब क्यामरुन बीच हुनेछ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाले संयोजन गरेको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।