अन्तर्राष्ट्रिय भरौल गोल्डकप : पाहुना टोलि डाफिन्स क्लब सेमिफाइनल प्रवेश

खेलकुद - चैत्र २२, २०७५, शुक्रबार, बराहक्षेत्र

शनिबार आयोजक न्यु स्टार क्लब बराहक्षेत्र र सरस्वती क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुने

दिपक पुरी (खबरबिट)  ।

सुनसरीको बराहक्षेत्र ५ कालाबन्जामा जारी बराहक्षेत्रकै ठुलो धनराशि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको शुक्रबारको खेलमा फ्रेण्डन्स क्लब काठमाडौंलाई पराजित गर्दै पाहुना टोलि डाफिन्स फुटबल क्लब क्याम्रुन सेमिफाइनलमा पुगेको छ ।

ज.डे.ज.को खेलमैदानमा भएको खेलमा २–१ गोल अन्तरले फ्रेण्ड क्लबलाई हराउँदै डाफिन्सले सेमिफाइनलको सिट सुरक्षित गरेको छ ।

डाफिन्सका पेत्ङ्गले खेलको पाँचौ मिनेटमा गोल गरी खेललाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा फ्रेण्ड्स क्लबका बिदेशी खेलाडी सेराफेले गोल गरे । उनको सो गोलले पहिलो हाफमा बराबरीको स्थिती बनेको थियो ।

त्यसैगरी दोस्रो हाफ (खेलको ७५औं मिनेट)मा डाफिन्स क्लबका जपेत्ङगले पुन एक गोल गर्दै अग्रता दिलाए । उनको सो गोलनै निर्णायक गोल बन्यो । डाफिन्स क्लबका निय म्यान अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र ४ का वडा अध्यक्ष आसाराम चौधरीले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

चैत २७ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टिम सहभागी रहने आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । शनिबार आयोजक न्यु स्टार क्लब बराहक्षेत्र र सरस्वती क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाले संयोजन गरेको छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।