चौथो अन्तर्राष्ट्रिय भरौल गोल्डकप : पाहुना टोली डाउफिन्स क्लब फाइनल प्रवेश

खेलकुद - चैत्र २४, २०७५, आइतबार, बराहक्षेत्र

दिपक पुरी ।
पाहुना टोलि डाउफिन्स क्लब क्याम्रुन  सुनसरीको बराहक्षेत्र –५, कालाबन्जरमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको फाइनलमा प्रवेश गरको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा पाउना टोलि डाउफिन्स क्लब क्याम्रुनले चर्च ब्वाइज क्लब  काठमाडौलाई पराजित गर्दै   डाउफिन्स क्लब फाइनलमा पुगेको हो।

डाफिउन्स क्लब क्याम्रुनले ० को विरुद्ध १ गोल गर्दै  चर्च ब्वाइज क्लब काठमाडौ लाई  पराजित गर्दै आफ्नो  फाइनल  स्थान सुरक्षित गरेको हो । ज.डे.ज.खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेल पहिलो हाफमा कुनै गोल हुन सकेन । 

दोस्रो हाफको पाचौं मिनेटमा डाउफिन्सका अहान्दको प्रहारलाई क्याम्रुनका जर्सी नम्बर १८ ओगअन आर.जे हेड  गरेर गोल गरेका थिए । क्याम्रुनका बि. बेलेमलाई चेन्ज गर्दा ढिलो निस्केको भन्दै रेफ्रीले पँहेलो हुदै रेड कार्ड पाए र डाफिन्स क्लब  १० खेलाडीमा सिमित रयो

उत्कृष्ट प्रर्दशन गरेका डाफिउन्स क्लबका ओगअन आर.जे. म्यान अफ द म्याच  घोषित भए । उनलाई मुन बिम एकेडेमीका पिन्सिपल देबेन्द्र बिष्टले  ५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरे ।

सोमबार दोस्रो सेमिफाइनल गत वर्षको बिजेता रेड हर्ष क्लब इलाम र आयोजक न्यु स्टार क्लब बराहक्षेत्र बीच प्रतिष्पर्धा हुने छ । २७ गते सम्म सञ्चलान हुने सो प्रतियोगिताका बिजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।