बिरामी बोकेको सुमो दुर्घटना बिरामीको मृत्यु, २ घाइते

समाज - चैत्र २५, २०७५, सोमबार, खोटाङ

खोटाङको रावावेशी गाउँपालिका-३ चिउरीवास भन्ने स्थानमा आइतवार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चिउरीवासबाट बिरामी बोकेर लामीडाँडा तर्फ जाँदै गरेको ना १ ज ७४४७ नम्बरको सुमो आँफै अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी बर्ष ५० को नीर कुमार राई, बर्ष ४५ को प्रकाश राई र चालक बर्ष ४५ को गोपाल राई घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामीडाँडा लैजाने क्रममा नीर कुमार राईको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटनामा घाइते दुवैजनालाई थप उपचारको लागि काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।