अन्तर्राष्ट्रिय भरौल गोल्डकप : रेड हर्ष क्लब फाइनल प्रवेश

खेलकुद - चैत्र २५, २०७५, सोमबार, बराहक्षेत्र

दिपक पुरी 
गत वर्षको विजेता रेड हर्ष क्लब इलाम सुनसरीको बराहक्षेत्र–५, कालाबन्जरमा जारी चौथो अन्तराष्ट्रियआमन्त्रित भरौल गोल्डकपको फाइनलमा प्रवेश गरको छ ।

सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक न्यु स्टार क्लब बराहक्षेत्रलाई टाइब्रेकरमा पराजित गर्दै रेडहर्षले आफ्नो स्थान सुरक्षित गरेको हो । ज.डे.ज. खेल मैदानमा भएको खेलमा न्यु स्टारका निशान लिम्बूले प्रहार गरेको गोल रेडहर्षका गोलरक्षकले बचाए ।

न्यु स्टारका खेलाडीले पटकपटक गोल गर्ने अवसर पाएपनि रेडहर्षका गोलरक्षकको गतिलो प्रदर्शनले आयोजकले कुनै गोल गर्न सकेन । 

पहिलो र दोस्रो हाफमा बराबर भएपनि अन्तिम समयमा खेल टाइब्रेकरमार्फत भएको थियो । टाइब्रेकरमा ४–२ गोलअन्तरले आयोजक न्यु स्टारलाई हराउँद रेड हर्ष  फाइनल प्रवेश गरेको हो । न्यु स्टार तर्फबाट टाइब्रेकरमा दिपक गुरुङ, सुरज बिकले गोल गरे भने रेड हर्षको तर्फबाट मनिष थापा, प्रदिप बिष्ट, प्रबिन राई, दरोन गुरुङले गोल गरे ।

रेड हर्ष क्लबका गोरक्षकले राम्रो प्रदर्शन गरे । खेलको म्यान अफ दि म्याच समेत गोलरक्षक पूर्ण चेम्जोङ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे ।

बुधबार बिजेता रेड हर्ष क्लब इलाम र डाउफिन्स क्लब क्याम्रुनबीच प्रतिष्पर्धा हुनेछ ।  प्रतियोगिताका बिजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।