ओझेलमा विद्यार्थी राजनीति

विचार - चैत्र २७, २०७५, बुधबार, रामधुनी

आजको युग विचार र दृष्टिकोणको युग हो । यस कारण अवको विद्यार्थी संगठन कुनै ब्यक्तिको इशारामा होइन विद्यार्थीले सञ्चालन गर्नुपर्दछ । संगठनको नेतृत्व ब्यक्तिले होइन विचारले गर्नुपर्दछ । विद्यार्थी संगठनका कृयाकलाप र आवाजहरु विलकुल शैक्षिक हुनुपर्दछ । यी र यस्ता विचारहरु प्रशस्त मात्रामा नसुनिएका होइनन् । हिजोका दिनमा देशको आमुल परिवर्तनका लागि भएका ठुल्ठुला आन्दोलनमा विद्यार्थी संगठनको भुमिका मुख्य रुपमा रहेको छ । 

सन्दर्भ जोडन चाहन्छु । बिगतका वर्षमा एसएलसी फलामे ढोकाका रुपमा हेरिन्थ्यो । सरकारले यसलाई ग्रडिङ हुदैँ एसइइ बनायो । सरकारले शैक्षिक स्थितिलाई बलियो देखाउन कोही फेल नहुने नीतिका कारण शैक्षिक गुणस्तरमा ठुलो आघात पुगेको छ । हाल ११,१२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीको शैक्षिक गुणस्तरले यो कुरा प्रमाणित हुन जान्छ । उता प्रदेश नं २ मा एसइइ परिक्षाको घण्टि बजाइयो तर परिक्षा भन्दा अगाडि नै प्रश्नपत्र बाहिरिनुले शैक्षिक स्थितिलाई छल्र्लङ्ग पारिदिएको छ । मुलुकको शैक्षिक र राजनितिक आन्दोलनमा जल्दोबल्दो आवाज उठाउने विद्यार्थी संगठन यतिबेला कानमा तेल हालेर बसिरहेको छ ।

विश्वब्यापीकरणले फड्को मारिरहँदा, नेपाल पनि त्यो वातावारणमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार पारी विदेशी विश्वविद्यालयमा अध्यउनका लागि गएका ठूलो संख्याका विद्यार्थीहरुलाई स्वदेश मै रोकेर आधुनिक र ब्यवहारिक शिक्षा निर्माण गर्न विद्यार्थी राजनीति अगाडि बढ्नु आवश्यक छ । 

सरकारले ल्याएको सुखि नेपाली र समृद्ध नेपालको नारालाई साकार पार्न सम्पूर्ण शैक्षिक संस्था र तिनको गुणस्तरमा सुधार गर्नु अपरिहार्य छ । 
हिजो भारतीय नाकाबन्दीको बेलामा होस या बिभिन्न समयमा भएका राष्ट्रिय समस्याका बिषयमा विद्यार्थी संगठनले विना स्वार्थ खबरदारी गरेको कुरा यथार्थ हो । तर पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयलगायत सम्पूर्ण शैक्षिक क्षेत्रको गुणस्तर घट्दै जानुलाई विद्यार्थी संगठनले अब गम्भीरताका साथ लिनु आवश्यक छ । पछिल्लो समय त मेडिकल क्षेत्रमा देखिएको अस्तब्यस्तता पनि शैक्षिक बिकृतीको अर्काै उदाहरण हो । निजी विद्यालयले लिइरहेको चर्को मूल्य बृद्धिलाई रोक्ने कुरामा विद्यार्थी संगठन चुकेकै हो । मनोमानि ढंगले निजी शैक्षिक संस्थाले पैसा लिने र यो वा त्यो बहानामा अभिभावको ढाड सेक्ने प्रबृति हामीमाझ हाबी भएकै हो । निजी विद्यालयको यो प्रबृतिले गर्दा निःशुल्क शिक्षाका नारा नितान्त कागजमा सिमित भएको छ । 

विद्यार्थी नेताहरुले पद, पैसा अनि राजनीतिक नेताको गुलामि गर्ने प्रबृतिको कारण पनि समस्या भएको हुन सक्छ । 
यी यावत समस्याबाट पन्छिने भन्दा पनि अवको विद्यार्थी संगठन चलाएमान र गतिशिल हुनु पर्दछ । पदका लागि कसैले पनि घृणित काम गर्नु हुदैन । र पदमा पुगको ब्यक्तिले पनि घृणित काम गर्नु हुदैँन । यसबाट सोझा र गरिब परिवारका विद्यार्थीको जिवनमा कुठाराघात हुन पुग्दछ । 

यो मुलुकको हरेक परिवर्तमा विद्यार्थीको रगत बगेको छ । हिजो नेपालमा जहानिया निरंकुस राणा शासनको अन्याय र अत्याचारको बिरुद्ध संगठित रुपमा विद्यार्थी आन्दोलन भएकै हो । वास्तममा भन्ने हो भने निर्णायक आन्दोलनको सुरुवात नै विद्यार्थीबाट भएको हो । विं सं. १९९१ वनारसमा अध्यनरत विद्यार्थीहरुले नेपाली छात्र संघको स्थापना गरी विद्यार्थी सङ्गठनको प्रारम्भ भएको हो । यसै क्रममा १९९७ माघ १६ गते त्रिचन्द्र क्याम्पसका विद्यार्थी गंगालाललाई सोभा भगवतिमा झुन्डाएर फाँसि दिइयो । 
पञ्चायती शासन विरुद्ध होस वा लोकतन्त्र प्राप्तिका लागि, थुप्रै आन्दोलनमा विद्यार्थीको रगत बगेको छ । त्यसैले सहिद विद्यार्थीको सपना साकार पार्नका लागि अव विद्यार्थी राजनीतिले एउटा नयाँ दिशा लिनु आवश्यक छ ।

आजको २१ औँ शताब्दीको विद्यार्थी रानीति नतिजामूखी हुनुपर्दछ । नेपालमा प्रशस्त सम्भावनाहरु छन् । देशको स्थिति उकास्ने तर्फ सबैको ध्यान केन्द्रित हुनु जरुरी छ । विश्वब्यापीकरणले फड्को मारिरहँदा, नेपाल पनि त्यो वातावारणमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार पारी विदेशी विश्वविद्यालयमा अध्यउनका लागि गएका ठूलो संख्याका विद्यार्थीहरुलाई स्वदेश मै रोकेर आधुनिक र ब्यवहारिक शिक्षा निर्माण गर्न विद्यार्थी राजनीति अगाडि बढ्नु आवश्यक छ । 

शिक्षा नै सिकाइको मेरुदण्ड भन्ने कुरालाई आत्मसात गर्दै अबको विद्यार्थी राजनीति अगाडि बढ्न नसकेको खण्डमा विद्यार्थी राजनीतिको औचित्य नै समाप्त हुने कुरामा दुईमत नरहला ।

- बिनोद कोइराला

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।