सेल्फीका लागि गोरिल्लाले ‘पोज’ दिएपछि फोटो भयो भाइरल

रोचक खबर - बैशाख १०, २०७६, मंगलबार, काठमाडौं

हालै एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण भने दुई गोरिल्ला रहेका छन् जसले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोको भिरुङ्गा नेशनल पार्कका कर्मचारीले उक्त फोटो खिचेर फेसबुकमा राखेका थिए जुन हेर्दाहेर्दा भाइरल भयो ।

‘अफिसमा अर्को दिन।।।’ म्याथ्यु सामाभुले फोटो पोस्ट गर्दै लेखे । यो फोटोलाई अहिलेसम्म २० हजार बढीले सेयर गरिसकेका छन् । गोरिल्ला डाकाजी र डेजे क्यामरा अगाडि निकै सहज तरिकाले ‘पोज’ दिइरहेका छन् । एउटाले खुट्टा फट्याएर शानका साथ उभिरहेको छ भने अर्कोले क्यामराको लेन्स अगाडि फर्किएर पोज दिइरहेको छ ।

‘यी गोरिल्ला गर्ल्स निकै चुलबुले छन् । उनीहरुको व्यक्तित्व झल्काउने यो उत्कृष्ट फोटो हो, ’ भिरुङ्गा नेशनल पार्कले आफ्नो इन्स्टाग्राममा लेखेको छ ।


‘र यी युवतीलाई दुई खुट्टामा उभिएको देख्दा अचम्म मान्नु पर्दैन किनभने उनीहरुलाई समय समयमा यसरी नै हिँड्न सहज लाग्छ,’ यसमा थपिएको छ ।

यो पार्कमा हजारवटा गोरिल्लाको बसोबास रहेको अनुमान गरिन्छ । यहाँ वन्यजन्तुको सुरक्षार्थ ६ सय रेन्जर्स खटिएका छन् । यहाँ थुप्रै रेन्जर्सको हत्या भएको छ जसमध्ये गतवर्ष दुई बेलायती नागरिक अपहरणमा परेका थिए ।

अर्का रेन्जर हाकिजिमाना सिनामेन्ये चाड्राकको हिप्पोको आक्रमणपछि मार्चमा मृत्यु भएको थियो ।

एजेन्सी


 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।