श्रीमानकै अगाडि श्रीमतीको सामुहिक बलात्कार, भिडियो भाइरल

अन्तर्राष्ट्रिय - बैशाख २५, २०७६, बुधबार, भारत

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ। श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ।

भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन्। प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको छ। लापरवाही गरेको अभियोगमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ। प्रहरीले कयौं दिनसम्म यो घटनालाई दबाएर राखेको दलित संगठनले आरोप लगाएका छन्। उक्त घटना २६ अप्रिलको भएको बताइएको छ। पीडित दम्पत्तिले सुरुमा घटना सार्वजनिक गर्न सकेननन्। यदि बलात्कार बारे बाहिर भने भिडियो भाइरल बनाइदिन धम्की दिइएको थियो।

यद्यपी पछि उनीहरुसँग पैसा माग गरियो। पैसा दिन नसकेपछि भिडियो भाइरल बनाइयो। दलित संगठनले बलात्कारीले श्रीमतीको भिडियो बनाउँदा श्रीमानलाई भने पिटिरहेका थिए।

- एजेन्सी

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।