बल्ल जुर्यो सलमान र दिपिकाको जोडी, पहिलोपटक एकसाथ काम गर्ने

रङ्ग - बैशाख २५, २०७६, बुधबार, काठमाडाैं

दीपिका पादुकोण आजकाल रिप्लेसमेन्टका लागि चर्चामा छाइरहिन्छन् । हालै, उनले अनुराग बसुको ‘इमली’ फिल्ममा कंगना रनोटलाई रिप्लेस गरेको खबर आएको थियो । अब चर्चा यो छ कि उनले सलमान खानको ‘किक टु’ मा ज्याकलिन फर्नान्डिजलाई रिप्लेस गर्ने भएकी छिन् । स्रोतलाई मान्ने हो भने दीपिकालाई किक टुका निर्माताले फिल्मका लागि एक महत्वपूर्ण भूमिकाका लागि कुरा गरिरहेका छन् ।

यो फिल्मको पहिलो भाग साजिद नाडियाडवालाले निर्माण गरेका थिए र उनले गत वर्ष किक टुको घोषणा गरेका थिए । यद्यपी, स्क्रिप्ट तयार नहुँदा र सलमान व्यस्त भएकाले फिल्म रोकिएको थियो । अब स्क्रिप्ट तयार भइसकेको छ सलमान चाँडै नै यसका लागि नायिकालाई फाइनल गर्ने तयारीमा छन् । यसैबीच दीपिकालाई पनि फिल्ममा अनुबन्ध गर्ने प्रयास भइरहेको छ ।

स्मरण रहोस्, दीपिकालाई यो फिल्मको पहिलो पार्ट किकका लागि पनि अप्रोच गरिएको थियो तर व्यस्त समयतालिकाका कारण उनले फिल्ममा अभिनय गर्न सकेकी थिइनन् ।   यसअघि भंसालीको फिल्म ‘इंशाअल्लाह’ का लागि पनि दीपिका सलमान देखिने चर्चा थियो तर फिल्ममा आलियाको इन्ट्री भयो ।

ज्याकलिनलाई दीपिकाले रिप्लेस गर्ने खबरबीच यो पनि चर्चा छ कि फिल्ममा दीपिका र ज्याकलिन दुबै सँगै पनि देखिनसक्छन् । यो फिल्ममा दीपिकाको भूमिका शक्तिशाली हुने पनि बताइएको छ । दीपिका र ज्याकलिन यसअघि पनि ‘रेस टु’ मा सँगै काम गरिसकेका छन् ।

- एजेन्सी

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।