नेपाली र मैथिली भाषामा आधारित चलचित्र  ‘फेक फ्रेण्ड’को छायाँकन सुरु

रङ्ग - जेठ ३, २०७६, शुक्रबार, इटहरी

सुमन भट्टराई  / नेपाली र मैथिली भाषामा आधारित चलचित्र  ‘फेक फ्रेण्ड’ को शुभमुर्हतसँगै सुटिङ सुरू भएको  छ ।

बिहीबार एक औपचारिक कार्यक्रम गर्दै  फिल्मको छायांकन  गरिएको हो । बुद्ध फिल्म इन्टर्नेृशनल प्रालि र भिज्वल्स फिल्म प्रालिको संयुत्त ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भीम लामाले निर्देशन गर्नेछन् ।

चितवनको रत्ननगरवाड नम्बर १४ मा रहेको गणेश  मन्दिरमा चलचित्रको मुर्हत गरेर छायांकन सुरु गरिएको निर्देशक लामाले जानकारी दिए । पछिल्लो समय चलचित्र क्षेत्रमा ठगिने ब्यत्तीको कथा रहेको मुख्य सहायक निर्देशक तथा कार्यकारी निर्देशक एलेक्स रानाले जानकारी दिए ।  

चलचित्रमा देब आर एन, सानिया खान, सुमन शर्मा कट्टेल, बबिता नेयोङहाङ्ग, दीनेश कोईराला सजिना लामा, राज भ्रजिन सिटौला, संकल्प लामिछाने,झनक बहादुर ढुङ्गेल, र सह निर्माता  भीम ढुङ्गेल लगायतका कलाकारको अभिनय रहने बताइएको छ । करीब ८५ लाख रुपैयाँ लागतमा बन्न लागेको चलचित्रको निर्माता भने निर्देशक लामा र मुस्कान काप्रि रहेका छन् । 

निर्देशक लामा र असोक चेम्जोङको कथा सरोज केसीको पट कथा र संवाद रहेको चलचित्रको छायांकन भने प्रकाश सुब्बाको रहेको छ । चलचित्रको छायांकन चितवन, काठमाडौँ, सिरहा, सप्तरी, सुनसरी लगायतका सहरमा हुने युनिटले जानकारी दिएको छ । 

चलचित्रको छायांकन आगामी असोज सम्ममा समपन्न  हुने निर्माण टिमले जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।