के हो पायल्स ? यसबाट कसरी बँच्ने ?

यौन/स्वास्थ्य - जेठ ३, २०७६, शुक्रबार, रामधुनी

बवासिरलाई अंग्रेजीमा पाइल्स पनि भनिन्छ । यो जुनसुकै उमेरमा हुने मलद्वारको रक्त नालीमा अत्यधिक दवाबका कारण हुने रोग हो । अस्वस्थ्यकर जीवनशैलीले गर्दा हुने यो रोग लाग्दा प्राय  मलद्वार (एनस)को रक्तनलीहरुमा अत्याधिक दबावको कारण उत्पन्न हुने गर्दछ । 

बवासीर दुई प्रकारको हुने गर्दछ, आन्तरिक र बाह्य। आन्तरिक बवासिरमा रक्त नलीहरुको सुजन नभए पनि आफूलाई महसुस भने भई रहन्छ जब कि बाहिरी बवासिरमा एनसको ठिक बाहिरी भागमा  मासुको डल्लो देखिन्छ । दिसागरि सकेपछि अत्यधिक मात्रामा दुख्ने, पोल्ने, घोच्ने कसै कसैलाई ताजा रगत पनि गएको देखिन्छ । साधारणतय दिसासँग रगत आउनुलाई बवासिर भएको भन्ने आम बुझाई छ । मुख्यतय आन्तरिक बवासिरलाई २ भागमा बाड्न सकिन्छ ।
१. खुनी
२. बादी 

खुनी : खुनी बवासि मा दिसा गरि सकेपछि दिसासँगै साधारण रगत देखिन्छ पछि बिस्तारै दिसा गरिसके पछि ताजा रगतको थोपाहरु देखिन थाल्छ भने पछि त्यो थोपामा बृद्धी हुँदै जान्छ।

बादी : बादी बवासिर हुने रोगीलाई प्राय पेटको समस्या भइरहन्छ जस्तो कि दिसा पातलो हुने वा कब्जियत हुने, खान नपच्ने, ग्यास बनि रहने हुनाले छट्पटि, तनाव, काममा मन नलाग्ने, रिस उठ्ने, मलद्वार चिलाउने, दुख्ने जस्ता समस्याहरु देखिन्छ ।

यो अवस्थामा मलद्वारमा भएको रगतको नलीहरुको गुच्छा सुन्निएर मलद्वार सानो भएको हुन्छ जसले गर्दा दिसागर्दा मलद्वार च्यातिएर रगत जाने र पछि घाऊ हुने गर्दछ र यो घाउलाई एलोपेथिक उपचारमा फिसर भनिन्छ । फिसर र बवासिस धेरै पुरानो हुदै गए पछि फ़िस्टुला हुने गर्दछ । मलद्वारको छेउबाट एउटा वा दुईरचार ओटा मलद्वार देखि एनससम्म नली बनाएको हुन्छ  र सानो फोका वा पिलोको आकारमा पिप आउने सुक्ने दुख्ने र चिलाउने हुन्छ । केहि समय पछि त्यस नलीबाट पिपसंगै दिशा पनि आउने हुन्छ । बवासिस, फिसर अनि फ़िस्टुलाको अन्तिम अवस्थामा क्यान्सरको रुप लिन सक्छ जसलाई ुरेक्टम क्यान्सरु भनिन्छ । 

यसबाट बच्न समयमै खाना खाने, नियमित बयाम गर्ने, अधिक मात्रामा पानी खाने, माछा मासुको कम प्रयोग गर्ने, रेशादार खाने कुरा बढी मात्रामा खाने ।

- आसिफ अन्सारी, 
  इजी केयर स्वास्थ्य सेवा प्रा.लि.

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।