कम्रेड लोपाहारी (कबिता)

साहित्य - जेठ १९, २०७६, आइतबार, रामधुनी

खुइखुई गर्दैै लामो बाटो हिडेर 
थात्रे अनि टालेको लुगा लगाई 
खोलापारीको चौतारामा सुस्केरा हाल्दै, 
ढुकढुकी र भोकको थकान मेट्ने
त्यो बले त अहिले 
चिल्लो कुर्सीको चौकिदार भएछ ।
बन्द कोठाको मालिक भएछ ।

गाउँका कुना कन्दरा चाहार्ने 
त्यो,
गोधुली साझको सिमसिम पानीमा रुझ्दै
उजाडिएको मुहारमा मन्द मुस्कान भरेर
थकित भएका असारे किसान 
अनि आजित भएका सदावहार सुकुम्बासीलाई
मलिन स्वरमा नमन गरेर कुर्सीको चौकिदारी माग्ने
त्यो बले त,

आजभोली पार्टी, गोष्टि र सभामा 
दिउँसै लठ्ठ हुँदो रहेछ 
थकित किसान 
आजित सुकुम्बासीहरुको
पसिना अनि रगत मिसाएर दिएको 
त्यो कुर्सी त
अपाराधी र गुण्डालाई पो सुम्पिएछ ।

खहरे खोला छेउको त्यो काँडाघारीमा 
खालिखुट्टै हिड्ने ति खुट्टाहरु
आज गद्धा र सोफामा पनि,
जुत्ता माग्ने भएछन् ।

समयले उसलाई कँहा पु¥याएछ ?
पहिला गाउँमा नाम बले थियो 
पछि सहरमा बलराम भएछ 
अहिले त कम्रेड लोपाहारी पो भएछ । 

त्यति स्वाभिमानी नाम,
त्यति इमान्दार बले 
किसार र सकुम्बासीको साथि 
घमण्ड, स्वार्थ अनि अमत्याइँले आज
कम्रेड लोपाहारी पो भएछ । 

 प्रस्तुती ; शिशिर भट्टराई

 
 


                                                                                                      
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।