अवैध सुर्तीसहित २ पक्राउ

पूर्व - जेठ २२, २०७६, बुधबार, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका-१० बाँसघारीबाट प्रहरीले मंगलबार अन्दाजी ४ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध सुर्तीसहित २ जनालाई पक्राउ गरेको छ ।

बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले को १ ज २६९३ नम्बर बोलेरो पिकअप गाडी चेक गर्ने क्रममा ४५ बोरा सुर्ती फेला पारेको थियो । सुर्तीसहित सुर्तीका साहु धरान उपमहानगरपालिका-१६ बस्ने ३२ वर्षीय मान बहादुर तामाङ र बोलेरोका चालक धरान उप-महानगरपालिका-११ बस्ने र २४ वर्षीय दिपक नेपालीलाई पक्राउ गरिएको हो ।

गाडीसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।