म यसरी बिग्रीए (कविता )

साहित्य - जेठ २६, २०७६, आइतबार, रामधुनी

खोयाको जग बाट बनेको जिन्दगी 
सखुवाको काठले छाउँन खोजेपछि,
बुट र अक्सिजन बिनाको कंचनजङगा
को यात्रा , हिउँमै भासिएर लेक लागेपछि 
म यसरी बिगी्रए ...

सुनौलो संसार रच्ने अनेकौं चाहाना र
सुन्दर सपना को बोरा बोकि रहेछु
भट्टी मा कान्छिले लाज बेचे जस्तै 
म मलिनता बेची रहेछु,

कंचनजङगा को चुलीमा फहराउने 
आमाको सपना र मेरा चाहाना हरु
अचेल किनारा लाग्न थाले जस्तो छ,

क्यानसरले ग्रसित मेरा सपनाहरू 
चितवनमा किमु चडाइ रहेछन 
जिन्दगी गधा भएछ, भारी खोज्दै हिडि रहेछ
आखिर भरियाको जिन्दगी, सपना थपी रहेछु,

किनार आए जस्तो बिच जान कहाँ सजिलो
रह्यो र जिन्दगी , अचेल त म आफ्नै सपनाको
मलामी भएछु , र चिसो सडकमा दौडी रहेछु 
खै जिन्दगी जिउदो जन्ती मर्दा मलामी रहेछ !!
       जय देस !! 
 प्रस्तुति ःविनोद कोइराला

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।