त्यहि अपराधी आज (कविता )

साहित्य - जेठ २६, २०७६, आइतबार, रामधुनी

पापको त्यहि इच्छा मेटाउँन 
मनको त्यहि कर्तुत खोल्न 
इस्वर अनि मानवता नै बिर्सियर 
आफ्नै रगत बगेकी 
त्यहि छोरी बिर्सियर,

यौन आनन्दकै लागि 
बिचरा छोरीको अस्मिता लुटी
घाटी निमोठी मार्ने 
त्यहि अपराधी आज, 

पापी न्यायलबाट न्याय पाएँ भन्दै
निकै ठूलो, 
निकै महान
समाजसेवी अनि अभियनता बनेछ । 

कुनै अपराधीको हातमा 
न्यायलयनै हातमा लिई
कयौँ चेलिको अस्मिता लुट्दै 
सयौँलाई बेस्यालयमा बेच्ने,

त्यहि अपराधीका पक्षमा 
यी ब्यक्ति, 
यो समाज, 
अनि यो राष्ट्र नै 
खनिन्छ भने । 

ति नै अपराधिको हुल 
अनि हुलको पराकाष्टलाई 
सहन नसकी, 
आवेग अनि 
उत्तेजनामा,

ति नै चेलिको याद,
माया, अनि स्नेहलाई 
सहन नसकी,
त्यहि अपराधी 
बाउ भनाउँदाको
घाटि निमाठौ भने 
यो देशको लाचारी 
कानुन भनाउँले त नमान्ला 
तर म अबस्य मान्छु आमा ।   
 

प्रस्तुति ःशिशिर भट्टराई 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।