सपुत गुमाएको ओखलढुंगाको रामपुर

पूर्व - जेठ २६, २०७६, आइतबार, ओखलढुंगा

युवराज कटवाल 

मोबाईल भर्खर भर्खर सबैको पहुँचमा पुग्दै थियो । तर ,मेरो हातमा परेको थिएन । थिएन भनेर दुखेसो पोखेको चाँही होइन । जानकारी मात्र गराएको हुँ । ०६७ सालको माघको अन्तिम साता हुनपर्छ । बेलुकीपख हल्का जाडो हुन्छ नै । मुटु कमाउने नै भन्न मिल्दैन । सुरज कुमार शाह र म स्कुलबाट फर्कदै थियांै । उ त्यतिबेलाको सबैभन्दा बढी मिल्ने साथी थियो । खासै गफ गर्ने टपिक थिएनन् । उसले ब्यागबाट सुटुक्क मोबाइल झिक्यो । बोर्डिङमा फोन लग्न बन्चित थियो । नेत्र प्रसाद निरौला सरको आज्ञा पाएर लगेको रहेछ । माइक्रोम्याक्सको थियो फोन । किप्याडवाला क्या ! किबोर्ड फन्ट भएको । सरले केही गीत र कविता हालिदिनु भएको रहेछ । अहिले बिचार गर्छु उहाँले साहित्यको (स) सिकाउने प्रयास गर्नुभएको रहेछ । 

उसले झिकेर बाटोमै ‘ओखलढुंगा’ कविता बजायो । आह ! कति मिठो थियो गीत । मैले पहिलोपटक सुनेको थिएँ । गितका शब्दले ओखलढुंगाको कुनै जङ्गलमा लगेर छाडिदिएको आभास हुन्थ्यो । मृगका बच्चासँग खेल्दै गरेको अनुभुती दिन्थ्यो । ठिक त्यसै बेला मैले तीन पटक पूर्ण दोहो¥याएर सुनेँ । जति जति पटक सुने त्यती त्यती पटक उही कल्पनाको आकश पुर्याएर छाड्थ्यो । सुरज आठमा पढ्थ्यो । पाठ्यक्रममा थियो ‘त्यो कविता’ । अहिले चाहीँ छैन ( मैले आठ कक्षा पढ्दा ०६८मा समेत थियो )
मैले मनमनै सोचेको थिएँ, की एकदिन म घुम्न भए पनि ओखलढुंगा जानेछु ।
०७३ सालको वैशाखको पहिलो साता अपरिचित नम्बरबाट फोन आयो । 
‘हेल्लो’
‘हेल्लो युवराज भाइ हैन ?’
‘हो हा’ को बोल्नु भयो ? मैले त चिनिन नि ।
‘म दिनेश कार्की बोल्दैछु’ 

दिनेश कार्की गाउँको दाइ हुन्हुन्थ्यो । ओखलढुंगातिर पढाउनुहुन्थ्यो । उहाँले पढाउन मन भए, यतै आउ खाली भएको बेला भनी कुरा राख्नु भो । बाटोको कुरा गरे । तलबको कुरा राखे अनि मैले हुन्छ भनिदिए । सोच्न किन पथ्र्यो र ?  चार र पाँच महिनाको क्याम्पसको पनि छुट्टी थियो । कहाँ जाउ कता जाउँको स्थितिमा थिए । बेसै भयो निम्तो आएर । मननपरे एक दुई महिनामा फर्किन्छु । सोच यस्तै बनाएको थिए । त्यसको तीनदिन पछि झोला कसेँ । घरमा छुट्टि मागे । सुरुसुरुमा त मान्नुभएन । पछि आइहाल्छु भन्दै आफ्नो बाटो तताउने प्रयत्न गरे । दिनेश दाइले भनेको बाटो समात्दै समात्दै ओखलढुंगा पुगे । बेलुकाको ५ बजिसकेको थियो । अब मैले रुपेटार भन्ने ठाउँको गाडी समाए । सुरुमा त जिबिस भन्ने ठाउँ खोज्दा खोज्दै आधा घन्टा बित्यो । घरबाट पहिलोपटक यसरी एक्लै लामो यात्रामा निस्केको थिएँ । बारम्बार बा को फोन आइरहेको थियो । साँझ ६ बजेतिर हुनपर्छ । गाडीले मोलुङ खोलाको पुल तारेर छाडिदियो । दाइले भने बमोजिम खोला तरेर खत्री थर गरेका मान्छेका घरमा बसे । जुन घरमा नै सधैभरी बस्ने वाला थिए । 

म ओखलढुंगा पसेको हप्ता दिनमै दाइले आफ्m्नो स्कुल छाडेर बिदेसिनु भएछ । दाइको स्कुल मेरो भन्दा निकै डाँडा माथि थियो । दाइले छाडेर गएपछि निक्कै नरमाइलो लाग्यो । भेट नै नभए पनि कम्तिमा दाइको मिसकल वा फोनले बस्ने प्रेरणा त जाग्थ्यो । त्यतिबेला ओखलढुंगाभरी आफ्नो भन्ने कोही छैनन् भन्ने भएको थिएँ ।

छाडेर भाग्छु भन्ने पनि दिमागमा न आएको हैन । त्यही पनि अडिए । ५ वटा उपन्यास ल्याएको थिएँ । दुई महिनामा सके । अबको बाकी समय के गर्ने भन्ने थियो । दुइ महिनापछी रामपुर भन्ने ठाउँ छ ,जहाँ बजार लाग्छ भन्ने चाल पाए । छुट्टिको दिन रामपुर आउथँे । दिनभर जसो बस्थे । प्रतिक्षालयमा बसेर बुढापाकाका गफ सुन्थेँ । मज्जा लाग्थ्यो पुराना कुरा सुन्न । धेरैजसो गफ त मेरा समकक्षी भन्दा ठुला मान्छे र बुढाबुढीसँग नै मिल्छ्न । बेलुका चराहरु गुँड फर्कने बेला हातमा बोकेको डायरी र छाता बोकी रुपेटार फर्किन्थे । यहीँ बेलादेखि मैले ओखलढुंगा रामपुरका सहिद र रामपुरका बारेमा जिज्ञासा जागेको थियो ।

ooo

ओखलढुंगाबाट करिब १५ किलोमिटर पश्चिम्मा रामपुर भन्ने ठाउँ छ । भौगोलिक रुपमा सुन्दर देखिने रामपुर पछिल्ला केही वर्षमा विकासको गतिले बाटो समातेको छ । पहिला पहिला हिँडेर २ दिनको बाटो तय गरि २ दिनसम्म खाजाको व्यवस्था गरी हिँड्ने वृद्धवृद्धा अहिले ४÷५ घन्टा बसको यात्रामा पुगिने सम्झिँदा नसोचेको परिवर्तन भएको बताउँछन् । यहाँका मानिसले आ–अफ्नै व्यवसाय सम्हालेर बसेका छन् । धेरैजसो यहाँका मानिस होटेल व्यवसायमा छन् । त्यसपछि शिक्षा पेसामा आबद्ध भएको पाइन्छ । यो ठाउँमा दाहलहरुको बाक्लो बसोबास छ । यसका अलवा तामाङ, सुनुवार, ब्राह्मण, छेत्री पनि उत्तिकै छन् । दुई÷चार सय वर्ष अघि दाहलले बस्ने ठाउँ नपाएपछि तत्कालिन सरकारलाई हाम्रो बसोबास व्यवस्थित गर्दिनु पर्यो भनेर पत्र हाले । त्यसपछी दाहलहरुको भूमी भनेर रामपुर बिर्ता दिइयो । यसभन्दा अघि यहाँ किरातहरुको मुख्य थलो थियो । दाहलले बिर्ता पाएपछि किरातहरुले यो थलो (रामपुर) छाडेर पारी रागादिपमा उनीहरुको बसोबास हुन थाल्यो । रामपुर नाम कसरी रहन गयो भन्ने विषयमा स्थानीयको फरक फरक बुझाई छ । एक थरिले राम किराँतीको नगर हुनाले रामपुर राखिएकाले रामपुर र अर्को थरिले राम किरातीलाई यही भूमीमा पुरेको हुनाले रामपुर भएको हुन सक्ने बताउँछन ।

रामपुरलाई सहिद भूमी भनेर पनि चिनिन्छ । यस ठाउँमा सहिदहरुको सपना छ । यहि ठाउँको विकासको निम्ति वा पुरै देशको परिवर्तनका निम्ति पञ्चायती शासन ढाल्न यहीँका सपुतहरुको अमुल्य योगदान रही आएको छ । त्यतिबेला रामपुरलाइ गैया डाँडा गाउँ पञ्चायत भनेर चिनिन्थ्यो । आफुभन्दा पछि आउने पिँढीको सुन्दर भविष्यको ख्याल गरी आफू हाँसीहाँसी मृत्युको मुखमा पुग्नु निक्कै ठुलो कुरा हो । स–सना मुटु भएकाले यसो कहिल्यै गर्दैनन् । ओखलढुंगा रामपुर गाउँका महान छोराहरु पन्चायती व्यवस्था अन्त्य गरी नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने अभियानका जग हुन् । २०१७ सालमा महेन्द्र राजाले नेपाली जनताका विपक्षमा निरंकुश पन्चायती व्यवस्था लागू गरे ।

उनले बि.पी. कोइरालाको प्रजातान्त्रिक सरकारलाई हटाएर पञ्चायती व्यवस्था सुरु गरेपछी त्यस विरुद्ध प्रजातान्त्रिक शासन देशमा भित्र्यााउन सशत्र क्रान्ती सुरु भएको थियो । २०१८ सालमा दुर्गानन्द झाको मृत्यु भएको करिब १०÷११ वर्ष पछि यहि पवित्र भूमिका असल छोराहरुले आफ्नो ज्यान गुमाउनुपर्यो ।
सहिद ठगिराज दाहल, लिलानाथ दाहल, पेसल कुमार दाहल, गोकर्णबहादुर कार्की र खगेन्द्रराज दाहल हुन् । बनारसमा गिरिजा प्रसाद कोइराला र नोना कोइरालालाई बिदाइको हात हल्लाएर ४ जना सशत्र क्रान्तिका निम्ति गृनेटहरु साथमा राखेर काठमाडौं जाने कुरा भयो । सो विषयमा कसैले था पाएर दरबार लगेर सुराकी गरे । जनकपुर जयनगर हुँदै योद्धाहरु आउँदै थिए । लिला र ठगी एउटा बसमा चढ्ने र अरु दुई खगेन्द्र र गोकर्ण गृनेटसहित अर्को बसमा हिँड्ने योजना बन्यो । पछि सरकार र डिएसपीको टोलि बसपार्कमा बसकुरिरहेका थिए । त्यति बेला ४ जनाकै टोलीले नै पक्राउ गर्यो । 

त्यसपछि सो टोलि लिलाको घर (रामपुर)मा आयो । सात जनाको टोलिले घर समेत खानतलासी गरेको थियो । लिला र गोकर्णलाई सेन्टरल जेलमा राखियो भने खगेन्द्र र ठगीलाई भद्रगोल जेलमा राखियो । उक्त जेलबाट झिकेर अर्को जेल सरुवा गर्न लाग्दा गोलि हानी हत्या गरिएको थियो । हत्या गरेको भोलिपल्ट गोरखा पत्र दैनिकले ‘सुरक्षा गार्डमाथी जाइलाग्ने चार जनाको मृत्युु’ शीर्षकमा समाचार प्रकाशित भयो ।  ।अन्य एकजना सहिद पेशल कुमार दाहाललाई ओखलढुंगामा सशत्र आन्दोलनको बिद्रोह गर्ने विषयमा २०३१ सालमा विभत्स तरिकाले हत्या गरिएको थियो । यसरी ओखलढुंगा रामपुरले यी सच्चा सपुतहरुलाई गुमाएको थियो । 
 तिनै महान सहिदहरुको बाटोमा अहिलेसम्म युवापुस्ताहरु हिँडिरहेका छन् ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।