मोरङमा भ्यानको ठक्करबाट एकको मृत्यु, २ घाइते

पूर्व - जेठ २८, २०७६, मंगलबार, मोरङ

मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका–४ बस्ने १२ वर्षीय मोहमद जवार, १८ वर्षीये मोहमद कैफ र बस्ने १५ वर्षीय अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते तीनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मोहमद जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने २२ वर्षीय गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।