मानवताले गर्दा हिउ चितुवा आज (कविता)

साहित्य - जेठ ३०, २०७६, बिहिबार, रामधुनी

हिमाली पाखाको ठण्डा विहानीमा पनि 
फ्याँफ्याँ अनि हस्याङफस्याङ गर्दै 
कठिन उकालो अनि 
लेकको त्यो जङ्गलमा दौडधुप गनर्,े
त्यो हिउ चितुवाको त अहिले 
वासस्थान नै हराएछ  ।

ठण्डा मौसम अनि हरियालीमा 
नाच्ने त्यो 
साझँ बिहान हिउँ सँगै रमाउँदै, 
चौरी चराउँने गोठालाको 
मुरलीको धुनमा 
रम्ने त्यो,

अहिले त वनै फडानि भएर 
ठण्डा हिउँ नै पग्लन थालेछ 
रसिला भिर, पाखा, पहराहरु
अनि सेतो हिउँचुली सँगै 
हराउँने त्यो,

अहिले त कातर भएछ 
बटुवा देख्दा पनि भाग्ने भएछ 
ति नै हिमालमा रमाउँने त्यो 
कालो हिउँचुली, पग्लिएको हिउँ र
उजाड पाखाहरुमा 
काप्न पो थालेछ ।

अनेकौ काडाघारी र खोल्साहरु दगुर्ने त्यो
नाङ्गो पाखामा हिड्न नसकी 
ओडार पस्ने भएछ,
मानवको मानवता नै हराएर 
अहिले त्यो,

मर्नु पर्ने बाध्यतामा परेछ 
आफ्नै मौलिकता बिर्सियर 
थरथर काप्दै अनि विलौना गर्दै 
अस्मिता खोज्न पो बाध्य भएछ ।। 

प्रस्तुति ; शिशिर भट्टराई
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।