यस्तो छ मेघास्टार राजेशपायल राईको पहिलो गीत (हेर्नुहोस् भिडियो)

रङ्ग - असार ४, २०७६, सोमबार, काठमाडाैं

राजेशपायल राई युवा पुस्तामाझ लोकप्रीय गायक हुन् । उनले गाउने आधुनिक देखि पूर्वेली गीतहरु निक्कै रुचाइएको छ । सबै प्रकारको गीत गाउन सक्ने गायत राईले मेघास्टार र राई इज किङको उपनाम समेत पाएका छन् । 

‘फैलियो माया दुबो सरी’, ‘दर्शन नमस्ते’ ‘न माग म सँग’, ‘बसमा छैन यो मन’, ‘बैगुनी रैछौ मायालु’ लगायतका सयौं चर्चित गीतमा स्वर दिइसकेका छन् । धेरै चलचित्रम स्वर दिइसकेका गायक राईले जस्ट फर यू, लभ लेटर, जदौ, राई इज किङ, दर्शन नमस्तेलगायतका एल्बम निकालेका छन् । दर्शन नमस्ते १ हुँदै यतीबेला ४ सम्ममा स्वर दिएका छन् । 

यतीका चर्चा बटुलिरहँदा, अधिकांश श्रोता तथा दर्शकबाट माया पाइरहँदा उनका श्रोता तथा फ्यानहरुलाई पहिलो गीत थाहा नहुन सक्छ । केही दिनअगाडि गायक राईले युटुबमार्फत सांगीतिक क्षेत्रको पहिलो गीत सार्वजनिक गरेका छन् । राईले स्वर दिएको पहिलो गीत ‘सम्झनाको कुरा नगर’ बोलको गीतको भिडियोमा गायक राईका पुराना तथा सांगीतिक यात्राका संघर्षका फोटोहरु प्रस्तुत गरिएको छ । 

सो गीतमा शक्तिकुमार श्रेष्ठको संगीत रहेको छ भने जेजी राईको शब्द छन् । रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको सो गीत अधिनायकमान सेरचनले  सम्पादन गरेका हुन् । गीत दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रा.लि.को युटुब च्यानबाट सार्वजनिक गरिएको हो । 
केही दिन अघि गायक राईले फेसबुकमा भिडियो सार्वजनिक गर्दै गीत सांगीतिक न्वारान भएको बताएका छन् । गायक राईले फेसबुकमा यस्तो लेखेका छन् :
 

भिडियाे ः

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।