एसइइ नतिजा सार्वजनिक

राष्ट्रिय - असार १२, २०७६, बिहिबार, काठमाडाैं

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । 

बोर्डले चारलाख ५९हजार २ सय ७५ जनको नतिजा सार्वजनिक गरेको हो । त्यसमध्ये  जिपिए ३.६ देखि ४ जिपिए ल्याउने  सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र नीजितर्फ १४ हजार ७ सय ८८ रहेका छन् ।

३.२ देखि ३.६ जिपिए ल्याउने सामुदायिक विद्यालयका ११ हजार २ सय २३ र नीजिका ३९ हजार ९ सय १४ रहेका छन् । त्यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउनेमा सामु्दायिकका २६ हजार ३ सय ६६ र नीजिका ३७ हजार ३ सय ७५ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

जिपिए २.४ देखि २.८ ल्याउनेमा सामुदायिकका ५३ हजार ७ सय ३० र नीजिका २२ हजार ८ सय ३४ विद्यार्थी रहेका छन् ।  त्यसैगरी २ देखि २.४ जिपिए ल्याउनेमा सामुदायिकका ८७ हजार ७ सय ४२ र नीजिका निजी १० हजार ७ सय ६५ छन् ।

१.६ देखि २ जिपिए ल्याउने सामुदायि विद्यालयका विद्यार्थी ९० हजार ४ सय ४५ र नीजिका ४ हजार ८ सय ६२ रहेको बोर्डले जनाएको छ ।

एसइईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसइई टाइप गरेर स्पेस दिँदै आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ। यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। www.moest.gov.npwww.doe.gov.np,  www.see.gov.npwww.neb.gov.npwww.see.ntc.net.np मा हेर्न सकिन्छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।