रामधुनीको बजेट ५० करोड ७३ लाख

स्थानीय - असार ३१, २०७६, मंगलबार, रामधुनी

शिशिर भट्टराई
रामधुनी नगरपालिकाले आर्थिक बर्ष ०७६÷०७७ को लागि ५० करोड ७३ लाखको अनुमानित बजेट सोमवार सार्वजानिक गरेको छ । 
नगर उपप्रमुख सबिना चौधरीले ५ औँ नगरसभामा प्रश्तुत गरेको बजेटमा पुँजीगत खर्च तर्फ २० करोड २६ लाख ८२ हजार अर्थत करिब ४० प्रतिशत र चालु खर्च तर्फ ३० करोड ४० लाख ६८ हजार अर्थात करिब ६० प्रतिशत रहेको छ । 
नगरले कृषिमा आधुनीकिरण तथा प्रबर्धन र पर्यटन बिकासलाई प्राथमिकतामा राखेको पाइएको छ । कृषिमा १ करोड ६० लाख २६ हजार बिनियोजन गरिएको छ । त्यस्तै पर्यटनमा १ करोड ६० लाख २६ हजार बिनियोजन गरिएको छ । 
पुर्वाधार बिकासलाई नगरले पहिलो प्राथमिकतामा राखेको छ । जसमा १६ करोड ७१ लाख ७७ हजार छुट्याएको छ । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।