रामधुनीको बजेट ; झुम्का बजार ब्यवस्थापन प्राथमिकतामा परेन 

स्थानीय - असार ३१, २०७६, मंगलबार, रामधुनी

गत बर्ष २२ लाख ५० हजार यो बर्ष ७ लाख

शिशिर भट्टराई
रामधुनी नगरपालिकाले आ.ब.०७६÷०७७ को बजेटमा बजार ब्यवस्थापन प्राथमिक्तामा पर्न नसकेको पाइएको छ । सोमवार सार्वजानिक गरिएको बजेटमा यस बर्ष बजार ब्यवस्थापनमा ७ लाख मात्र बिनियोजन गरेको तथ्याङ्कमा देखिएको छ ।
गत आर्थिक बर्षमा २२ लाख ५० हजार छुट्याइएको थियो । बजेट अझै थपेर बजार ब्यवस्थापनमा जोड दिनुपर्नेमा बजेट अझै घटाइको पाइएको छ । 
उक्त ७ लाख बजेट मुख्य बजार पर्ने वडा नं. १ र ५ मा खर्च हुनेगरी छुट्याएको छ । त्यसैगरी बजारमा पार्कगार्डेन र सौन्दर्यका लागि भनेर १० लाख बिनियोजन गरिएको छ । पार्कगार्डेनमा छुट्याइएको पैसा बजार ब्यवस्थापनमा प्रयोग गर्न नपाइने भएकाले ब्यवसायी र स्थानिय थप मारमा परेका हुँन ।
बारम्बारको चोरीका कारण झुम्का बजारका ब्यवसायीहरुको लगानिको सुरक्षामा प्रश्न उठिरहेका बेला बजार ब्यवस्थापनलाई उपेक्षा गरेर ल्याइएको बजेट नगरको लाचारीपनको पराकाष्ट भएको ब्यापारीहरुले बताएका छन् ।
गत बर्ष सीसीक्यामेरा जडान गर्ने भन्दै बजारभरीका रुख उखेले बजारलाई अस्तब्यस्त बनाइयो । अस्तब्यस्त बजारमा अहिले कहिले हिलो र कहिले अत्यधिक हिलो हुँने गरेको छ । जसबाट नजिक र टाढाका हजारौ यात्री, ब्यापारी सँगै स्थानिय पनि आजित भइसकेका छन् । 
उता झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष धर्मेन्द्र शाहले भने नगरपालिकाले उद्योग बाणिज्य संघसँग सामान्य छलफल सम्म नगरि बजेट ल्याएको आरोप लगाएका छन् । ‘बारम्बार चोरीका घटना हुदा पनि नगर चुपचाप बस्छ । बजार अस्तब्यस्त छ । तर ब्यवस्थापनमा कुनै चासो देखाइएको छैन ।’ उनले भने ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।