यात्रा : क्षितिजबाट उदाएकी परी

साहित्य - श्रावण १, २०७६, बुधबार, रामधुनी

ए ! पूर्व पूर्व पूर्वपारी क्षितिजबाट सुर्य बिदाइका हात हल्लाउँदै थिए, पातलो ज्यानले ठूलो ब्याग बोकेर म हस्याङ फस्याङ दौडी रहेकोे थिए ।
बसबाट फेरि आवाज आयो भाइ पूर्व हो, छिटो गर लास्ट गाडी हो । सिल्की कपाल कालो कालो अनुहार परेका एक युवा हातमा बिर्को बिनाको कलम अनि मेरि भान्जीले कोरे जस्तै रफ कागजको मुठो बोकेर चिच्याई रहेका थिए ।

प्रतीउत्तर 'इटहरीसम्म हो दाई' उनले भने ।  'सिटबिना जान सकिन्न क्यारे', टाढाकाे बाटाे सम्झेर मैले भने । मेरो वचन भुइँमा खस्न नपाइ उनले भने, ‘क, ख च्वाँकसँग राखी दिन्छु, भाडा ११०० लाग्छ नि फेरि’, म सोच्दै छु यो लाइन एस्तै हो । ‘दाई २ दिन अगाडि ९०० मा आएको आज किन ११००?’ मैले भने । बोली भुँइमा खस्न नपाइ उनले भने, ‘भाइ बाउको गाडी हैन साउको गाडी हो, खुरुक्क छिरिहाल न ।’ ‘९०० भन्दा दिनेवाला छैन ढुक्क हुनुहोस्’ मैले फर्काएँ,

मलाई जबरजस्ती बसमा राखियो । ४/५ बटा सिट खाली थिए । उ चिच्याइ रहेको थियो, जसरी केही बेर अघि म चढ्नु अगाडि चिच्याइरहेको थियो । म आप्नो सिट नियाल्दैं पछाडि गएर बसें । केही बेरमा बसले कलंकी पार गरी सतुङ्गल पुग्यो । म पछाडि थिएँ । ‘यो सिटको भाइ खै ?’, बसको स्टाफले मलाई खोज्दै थिए । ‘एता छु दाइ’ म पछाडिबाट चिच्याएँ । ‘अगाडि आउनुहोस’ उनले भने । ‘म यतै बस्दा हुन्न ?’ मैले भने । ‘हुन्न, हुन्न थानकोटबाट २ जना चढाउनु छ, त्यो सिट मा’ म बसिरहेको सिटमा नबस्न उनले स्पष्टीकरण दिए । म बाध्य भएर अगाडि गएँ ।

एक अपरिचित नारी झ्याल तिर हेरिरहेकी थिइन् । म उनले थाहै नपाउने गरी छेउमा बसेँ । बिजुलीको नाङो तार छुँदा करेन्ट लागे जस्तै भो । मेरो ध्यान ती नारीप्रती थिएन । ध्यान त केबल, बस बेलुकीको सन्ध्यामा हिलोसँगै जुद्धै दरुरी रहेको थियो । मेरो मनमा अनेक पश्न उब्जिरहेका थिए । परीक्षाको, पढाइको, पढाउनको, जागिरको चिन्ता । बस थानकोटको ओरालो तिर लाग्यो । ती नारी झसङ्ग म तिर हेरिन् । केही बोल्न सकिनन् । ‘ओ गाडीबाला दाइ ?’ उनले गाडीको स्टाफतिर नजर डुलाउँदै भनिन् । कन्डक्टर आएर भने, ‘यो उहाँ को सिट हो, चिन्ता लिनु पर्दैन । पढेको हुनुहुन्छ ।’ लाजको पसारो । परीक्षा हलमै लिएर गएको किताब हातमै थियो । झोलामा राख्ने कुनै ठाउँ थिएन । म केहि बोल्न सकिन । कन्डक्टरले भाडा मागे । मैले एक हजारको नोट दिएँ । फिर्तास्वरुप उनले मेरो हातमा एक सय रुपैयाँ थमाए । ‘दाइ टिकट दिनुहोस न’ पैसा दिएर फिर्ता लिने बित्तिकै मैले भने । उसले पर्दैन भन्ने इसारा गर्यो । मैले फेरि मागे । ‘पढेको मान्छेसँग सकिँदैन’ भुनभुनाउँदै गोजीबाट निकालेर टिकट दियो । टिकटमा ठूला अक्षरमा लेखिएका थिए ‘मायालु यातायात’ ।

‘पुरानो हुँदैन माया जुनि जुनिलाई पनि’, बसमा पुरानो गीत बजिरहेको थियोे । छेउकी नारी मसिनो आवाज मा गुनगुनाउँदै थिइन् । मलाई बोर फिल भइरहेको थियो । अघि मात्र किनेको झोलामा रहेको प्रेमराज पन्तको ‘रिसर्च मेथोडोलोजी’ किताब झिकेँ । शरीर आलस्य भएको थियो । के पढ्न सक्थेँ र । किताबको कभरभन्दा केही हेर्न सकिँन । एकै छिनमा धार्के आयो । बेलुकी ७ बजेको थियो । खाजा खाने समय भयो । सबै यात्रुहरु ओर्लिए । म पनि ओर्लिएँ । मलाई बाटोको खानाले त्यती सन्चो गर्दैन । वरपर हेरेँ र छेउमा रहेको फलफूल पसरमा गएर सोधेँ, ‘स्याउ कसरी ?’ । प्रति उत्तर ३०० रुपैयाँ प्रतिकिलो । ‘महँगो भएन र ?’ मैले भने । तर अन्ततः स्वाउको मूल्य तिरेर १ केजि स्याउ र १ चिरो काँक्रा किनेर खाएँ । ती सहयात्री नारी कता गइन् थाहा छैन । खाजा खाने समय सकियो । यात्रुहरु बसमा चढ्यौं ।

एकैछिनमा एक राजनीतिक कर्मीको फोन आयो । उठाएँ, आफ्नै किसिमको सम्बोधन र कुराकानी गरे । लगत्तै अर्को अपरिचित नम्बरबाट फोन आयो । फोनमा सोधिएको थियो ‘भोलि क्लास लाग्छ लाग्दैन सर ?’, । एकैछिन पछि मेरो टेलिफोन संवाद सकियो । फोन राख्न साथ छेउकी नारीले सोधिन्, ‘तपाईं नेता हो ? तपाईं टिचर हो ?’ सायद मेरो फोनमाको आवाज उनको कानले प्रस्ट सुन्यो होला । या भनौ म पुरातन समाजमै छु, म अनुत्तरित बसिरहे मेरो चंचल स्वाभाव । मेरो चाहाना थियो ती नारीलाई यात्रामा मेरो शरीरका कुनै अंगले नछोओस् । दिमाग लगाएँ, उनको सिट फोल्डिङ थिएन । मैले मेरो सिट फोल्डिङ गरेँ । छेउमा प्लास्टिकको झोलामा राखेको स्याउ झिकेँ र उसलाई पनि दिएँ । रसिलो थियो स्याउ । अफसोच उनले स्याउ चबाउँदै भनिन्, छ्या कस्तो तित्छरो । ‘आखिर कलियुगको नारि न परिस्’, मनमनै मैले भने । केहि बेरमा उनको मोबाइलको घण्टी बज्यो । सायद कसैले म्यासेज पठाएको थियो । सिट छेउमा राखेको मोबाइल हेर्दै भनिन् ‘ह्या कति वाक्क लाउँदो रहेछ’ । सायद उनलाई कसैले जिस्काइरहेको छ । अझ भनौ प्रेमिप्रेमिकाबीच झगडा परिरहेको छ । अझ भनौ कसैले उनको सुन्दरता किन्न खोज्दैछ, आदि आदि । उनको त्यो वाक्यबाट मैले यत्तिनै अन्दाज लगाउन भ्याएँ । म यसै सोस्च्दै थिएँ । उनले म तिर सिधा नजर गर्दै भनिन्, ‘ओ मिस्टर परिचय गरौं’ । जे भए पनि एउटै सिटमा बसेका छाैं, यात्रा पनि लामाे नै छ । म उनलाई पहिलो पटक सिधा नजर लगाउँदै थिएँ । बाटुलो अनुहार, खैरो कपाल, पातली । चकलेटी ओठ, हल्का लतपतिएको गाजल, सबै सबै लाग्छ सन्सार कि परि नै हुन् । पुनः मलाई परिचय दिन अनुरोध गरिन् । ‘नाम बिनोद कोइराला पेसाले बेगारी विद्यार्थी, ठेगान रामधुनी सुनसरी, अध्ययन एमबिएस अध्ययनरत’ एकै सासमा भनि भ्याएँ । तत्कालै जवाफ आयो, ‘एमबिएस ?’ । हो कमर्स मैले भने । ‘कमर्स चाहीँ पढाइ नै हैन र ?’ भन्न मन थियो, तर मनमनै सोच्दै बसेँ ।

उनले परिचय दिन थालिन् । सृजना ताम्राकार, घर मेचिनगर झापा, पढाइ बि.एन रुचि नयाँ नयाँ साथी बनाउन । यता परिचयको कार्यक्रम चलिरहेको थियो । पछाडिबाट बसको एलइडीमा फिल्म लगाउन माग आइरहेको थियो । बस स्टाफले नि उनीहरुको माग पुरा गर्न फिल्म लगाए । पुरानो नेपाली चलचित्र ‘मुग्लान’ । म उतै ध्यानमग्न भएँ । ‘भाइ प्रगति हुँदैछ ?’ घरीघरी हामी बाेलेकाे सुनेर उता कन्डक्टरले बेला बेला गिज्याउन थाले । एस्तै कुरा हुँदै थिए, पढाइ, जीवन, संघर्ष आदी । एकैछिनमा उनले ब्याग खोलिन् । पिज्जा निकाल्दै मलाई पनि लिन आग्रह गरिन् । मैले उनको विनम्रता स्वीकार गरिन । भनिन्, ‘अरुले छुएको खानुहुन्न’ । ‘मलाई यस्ता कुराले सन्चो गर्दैन’ लज्जित हुँदै भने । 

मनमनै सोचेँ, समानता र जातीय विभेद अन्त्यको आवाज उठाउने मलाई छुवाछूतको आरोप लगाउने बैगुनी । उनी छिनमै म प्रती निकै प्रभावित थिइन् । खै किन हो थाहा थिएन । उनका थाङ्ने कुराहरु आज प्रसश्तै सुने । उनको आफ्नो व्यक्तिगत, आफ्नो रुपको, साथीको, कलेजको, खान्किका स्वाद आदि आदिको बयान । म दालभातेलाई यी सारा कुरा कहाँनेर प्रयोग गरौं भइरहेको थियो । केही बेरमा बस बर्मजिया आइपुग्यो । ‘पेँडा, पेँडा भन्दै वरपरबाट आवाज आइरहेको थियो । उनले बहिनीको लागि भन्दै पेँडा किनिन् । बस आफ्नै रफ्थारमा अघि बढिरह्या । ‘ए साच्चै तपाईं को त झर्ने बेला आउन लाग्यो, तपाईंको नम्बर दिनुहोस् न,’ केहीबेरमै उनले भनिन् । ‘ल नोट गर्नुस्, ९८##### ### ’ मैले अन्कनाउदैँ मोबाइल नम्बर दिएँ । ‘अनि तपाईंको नि’ मैले भने । प्रतीउतर ‘म आफैँ सम्पर्क गर्नेछु ।’ केहीबेरमै बसको स्टाफ झुम्का, झुम्का भन्दै थिए । ‘बस आइपुगेछ, अब आर्लनु पर्छ’ मनमनै सोच्दैं निस्किन थाले । म सँगै १ जना बिदेशी पनि झरे । म पर पुगुन्जेल उनी हेर्दै हात हल्लाउँदै थिइन् । हातबाट चुम्बन पठाइदिइन् । त्यसबेला लाग्न थाल्यो बसले कत्ति चाँडै ल्याइपुर्यायो । म सोच्न बाध्य हुँदै थिए ती स्वर्ग कि अप्सरा थिइन् कि नाग कन्या ? गाडीबाट झरेर घर नपुन्जेल मनमा एउटै कुरा खेलिरह्यो, 'के उनले मलाई कल गर्छिन् त ।'

लेखक बिनाेद काेइरालालाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोला ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।