ओडारमा लुकाइएको सुन बरामद 

राष्ट्रिय - श्रावण ९, २०७६, बिहिबार, गोरखा

गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेशीको ओढारमा ब्यवसायी धनकमल गुरुङले ढुंगामुनि लुकाएर राखेको १२ ढिक्का सुन प्रहरीले बिहीबार बरामद गरेका छ ।
गोरखाका प्रहरी प्रमुख ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको जानकारी दिएका छन् । 
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा धनकमल सम्पर्कविहीन भएका थिए ।
खच्चडसहित झर्दै गर्दा उनीमाथि चार जनाको समूहले आक्रमणको प्रयाससमेत गरेको थियो । त्यतिबेला धनकमल भागेका थिए भने उनलाई आक्रमण गर्न खोज्ने ४ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।