२ थान भरुवा बन्दुकसहित २ पक्राउ

पूर्व - श्रावण ११, २०७६, शनिबार, मोरङ

मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । 

शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका(५ जहदा बस्ने बर्ष २६ को धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई फेला पारी चेक गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो । 

हतियारसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।