रामधुनीमा १० बर्षिय वालिकालाई यौन दुर्व्यवहार

स्थानीय - श्रावण १४, २०७६, मंगलबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं ५, झुम्का बजार नजिकै बस्ने १० बर्षिय बालिका माथि यौन दुर्व्यवहारको आरोपमा ३५ बर्षिय भिम गुरुङलाई प्रहरिले पक्राउ गरेको छ । 
श्रावण १२ गते घरमा कोेहि पनि नभएको मौका छोपी छिमेकी गुरुङले ति वालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
उनले वालिकालाई भान्सा कोठामा अस्लिल फोटो तथा भिडियो देखाएर शरीरका बिभिन्न भागमा छामेको, वालिकाको मुख, छाती र गुप्ताङ्गमा चुम्बन गरेको अरोप उनी माथि रहेको प्रहरीको  भनाई छ । यो घटना ति वालिकाको हकमा पहिलो नभएको र यो भन्दा अगाडी पनि ति ब्यक्तिले वालिकालाई जिस्क्याउने, सुम्सुम्याउँने र अस्वभाविक क्रियाकलाप गर्ने गरेको समेत पाइएको छ ।  
वालिका माथि यौन दुब्र्यवहार गर्ने उनलाई जवर्जस्ति करणी उद्योग अन्तर्गत जिल्ला अदालतमा सोमवार (१३ गते ) मुद्धा दर्ता गरिसकिएको इलाका प्रहरी कार्यलय पकलीका प्रमुख जितेश दाहालले जानकारी दिएका छन् । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।