बैंकले पूर्णरुपमा सेवा नदिएको भन्दै पथरी-शनिश्चरे नगर उपप्रमुखको आपत्ति 

पूर्व - श्रावण १६, २०७६, बिहिबार, पथरी

पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले नगरपालिका भित्र रहेर काम गरिरहेका बैंकहरुले जेष्ठ नागरिक तथा अन्य सेवाग्राहीहरुलाई सेवा सुविधा पुर्णरुपमा नदिएको जन गुनासो आएसँगै आपत्ति जनाएकी छन् । 

नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई मासिक रुपमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकहरु मार्फत लिन असहज भएको जनगुनासो आउन साथ बुधबार नगरपालिकाको भवनमा बैंक संचालकहरु लाई बोलाएर उपप्रमुख बिष्टले छलफल गरेकी छन । 

छलफलमा आगामी दिनमा सहज तरिकाले जेष्ठ नागरिकहरु लाइ सेवा प्रवाह गर्ने, बैंकबाट कृषि क्षेत्रमा छुट्याउनु पर्ने १० प्रतिशत रकम नगर भित्र रहेका कृषि समुहहरुलाई सहज रुपमा उपलब्ध गराउने जस्ता बिषयमा सहमति भएको छ । 

‘हाम्रो नगरका अभिभावक जेष्ठ नागरिकहरुलाई सबै क्षेत्रमा सहज तरिकाले कार्य सम्पन्न गर्न÷गराउन म आफैं पनि लागिपर्छु,’ उनले भनिन् । आफु लागी पर्ने उपप्रमुखक बिष्टले बताइन  ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।