जनता माविमा प्राविधिक शिक्षा ; इन्ट्रान्स सफल विद्यार्थीले साउन १९ सम्म भर्ना गर्नुपर्ने

स्थानीय - श्रावण १७, २०७६, शुक्रबार, रामधुनी

रामधुनी नगरपालिका वडा नं ३ स्थित जनता माद्यामिक विद्यालयमा सुरु हुन लागेको प्राबिधिक शिक्षा ( सिभिल इन्जिनियरिङ ) पढ्नका लागि इन्ट्रास एक्जाम मा सफल विद्यार्थीहरुले साउन १९ गते ( आइतबार ) भित्रमा भर्ना गरिसक्नु पर्ने भएको छ । 
गएको १५ गते त्यहाँ ७४ जना विद्यार्थी माझ इन्ट्रास एक्जाम भएको थियो । त्यसमा ४८ जनाको कोटा रहेकाले सो सङ्ख्यामा विद्यार्थीलाई सफल बनाइएको छ । भने बाकी १० जना विद्यार्थी प्रतिक्षा सुचिमा छन् । 
इन्ट्रान्समा सफल विद्यार्थीले १९ गते ( आइतबार ) सम्म विद्यालयमा अनिवार्य भर्ना गरिसक्नु पर्ने नत्र प्रतिक्षा सुचिमा रहेका विद्यार्थीलाई भर्ना गरिने विद्यालयका प्रधानाध्यापक धनिकलाल मेहेताले जानकारी दिए । ‘इन्ट्रान्स भयो । ४८ जनाको कोटा छ । ७४ जनाको अबेदन थियो । त्यसमा कोटाअनुसार विद्यार्थी छनोट गरेका छौ । बाकी १० जनालाई प्रतिक्षा सुचिमा नाम निकालेका छौ । १९ गते सम्म इन्ट्रान्स सफल विद्यार्थीले अनिवार्य एडमिसन गर्नुपर्छ । नत्र हामी प्रतिक्षा सुचिमा रहेका विद्यार्थीको भर्ना लिन्छौ ।’ उनले भने । 
त्यस्तै प्रतिक्षा सुचिमा रहेका विद्यार्थीलाई पनि विद्यालयमा सम्पर्क राख्न उनले आग्रह गरेका छन् । इन्ट्रान्स सफल ४८ जना विद्यार्थी मध्य यदि कुनै विद्यार्थी भर्ना गर्न नआएमा प्रतिक्षा सुचिका विद्र्याीलाई भर्ना लिइने उनको भनाई छ । 
जनता माविमा यो बर्ष देखि प्राबिधिक शिक्षाको अध्यन सुरु हु्ँदैछ । जुन रामधुनीमा पहिलो पटक हुन लागेको हो । कक्षा ९ देखि १२ कक्षा सम्म अध्यन हुँने भनिएको प्राबिधिक शिक्षामा यो बर्ष कक्षा ९ मा सिभिल इन्जिनियरिङ् पढाइ हुन लागेको हो ।   
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।