रामधुनीमा यौनिकता शिक्षा सम्बन्धि कार्यक्रम 

स्थानीय - श्रावण १८, २०७६, शनिबार, रामधुनी

शिशिर भट्टराई
आरएच आर एनको सहयोग र हुडेप नेपालको आयोजनामा रामधुनी नगरपालिकामा बृहत यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
यौनिकता शिक्षाको अभावमा विद्यालय उमेरका बालबालिका मुख्य मारमा परेको, उमेर नपुगि बिबाह हुने गरेको, किशोरावस्थामा यौनशिक्षाको अभावमा यौन इच्छा र आबस्यकतालाई सहज लिन नसक्दा बिभिन्न घटना घटने गरेकोले पाठ्यक्रममा पर्याप्त मात्रामा यौनिकता शिक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
अहिले पाठ्यक्रममा यौनिकता शिक्षालाई केहि ठाउँ दिएता पनि त्यो पर्याप्त नभएको भन्दै त्यसलाई अझै ब्यापक बनाउँनु पर्ने हुडेपको माग छ । 
सुनसरी भरका बिभिन्न एफएममा कार्यरत संचारकर्मीहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा यौनिकता शिक्षाका बारे जानकार प्रकास कार्कीले सहजिकरण गरेका थिए । 
कार्यक्रममा बोल्दै कार्कीले अहिलेपनि पाठ्यक्रममा यौनकता शिक्षा कम भएको, कक्षागत रुपमा समाबेश हुनुपर्ने कुरामा तालमेल नमिलेको र पाठ्यपुस्तमा भएका कुराहरुलाई शिक्षकले राम्रो सँग प्रस्तुति गर्न नसकेको र बिषय विज्ञ शिक्षकको अभाव भएको बताएका छन् ।
आयोजक संस्थाका अध्यक्ष डिल्लि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामधुनीमा मेयर जयप्रकास चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खडका सहित बिभिन्न एफ, टेलिभिजन र पत्रपत्रिकामा कार्यरत संचारकर्मी गरी करिब ३५ जना बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संबोधन गर्दै अध्यक्ष कार्कीले कानुनमा नै २० प्रतिशत पाठ्यक्रम स्थानिय तहले बनाउँन पाउँने अधिकार रहेको भन्दै स्थानिय तहले बनाउँने पाठ्यक्रममा यौनिकता शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनले यसका लागि आफुले बिगतमा पनि बिभिन्न दबाबमुलक कार्यक्रम गरेको र भावि दिनमा पनि प्रदेश स्तर सम्म यस्ता कार्यक्रम गर्ने बताएका छन् । 
कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष खडकाले पाठ्यपुस्तकको मध्यमबाट मात्र सिकाइने शिक्षा प्रभावकारी नहुने गरेको दृष्टान्ट प्रस्तुत गर्दै । पत्रपत्रिका, टेलिभिजन र रेडियोको माध्यमबाट पनि यौनिकता शिक्षालाई ब्यापक रुपमा अगाडि बढाउँनु पर्ने खाचो रहेको बताएका थिए । 
यो बिषयमा रामधुनीका मेयर जयप्रकास चौधरीले यौनिकता शिक्षा बारे आफु गम्भिर रहेको प्रतिकृया दिएका छन् । 
करिब १ महिना अगाडी पनि हुडेप नेपालले सुनसरी भरिका पत्रकारहरुलाई बोलाएर यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको थियो ।     
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।