रामधुनीमा पुल उदघाटन

स्थानीय - श्रावण १९, २०७६, आइतबार, रामधुनी

निशान प्रकृति थारु 
सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारको पुर्व पश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी व्रिजको विधिवत रुपमा उदघाटन गरिएको छ ।

शनिवार एक कार्यक्रम वीच प्रदेश १ सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईरालाले उक्त झुम्का सेल्फी व्रिजको उदघाटन गरेका हुन् ।

सेल्फी व्रिज करिब २९ लाख ७० हजारको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले जानकारी दिएका छन । झुम्का सेल्फी व्रिजका लागि कोइरालाले सांसद कोषबाट २४ लाख ७५ हजार र जनसहभागीताबाट ४ लाख ९५ हजारको लागत निमार्ण भएको हो ।

उक्त उदघाटन कार्यक्रममा रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी कांग्रेस नगर सभापति सुदिप अधिकारी, कांग्रेस नेता डिल्ली कार्की, महिला संघ सभापति विजया कटवाल लगायत रामधुनीका नेता, समाजसेवीको उपस्थिति रहेको थियो ।

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।