जनता मावि : बौद्धिक अपाङ्ग देखि प्राबिधिक शिक्षा सम्म

स्थानीय - श्रावण १९, २०७६, आइतबार, रामधुनी

शिशिर भट्टराई
बजार एरिया पनि होइन, गाउँको विद्यालय । बोर्डिङ् स्कुल पनि होइन, सामुदायिक विद्यालय । 
झुम्का बजार बाट करिब २ किलोमिटर पश्चिम । रामधुनी मन्दिर जाने बाटोको हाटखोला छेवैमाछ यो विद्यालय । खोलाको पुल कट्ने बित्तिकै विद्यालयको गेट आइपुग्छ । गेट बाटा भित्र पस्दा अलि पर नजर पुग्छ । जहाँ बौधिक अपाङ्ग स्रोत कक्षा लेखिएको छ । निर्माणधान एक सहित ३ ओटा पक्कि भवन, आकर्षक खालको खेलमैदान, पक्कि भवनकै छेउमा रुखबिरुवा । 
बौधिक अपाङ्ग विद्यार्थीको स्रोत कक्षा बारिएको छ । त्यो भित्र फूलहरु र खेल्ने सरसामान राखिएको छ । बौधिक अपाङ्गकै लागि ३ ओटा टिभी र २ ओटा कम्प्युटर पनि राखिएको छ । शान्त कोठा एकान्त स्कुल कक्षा ९ मा सिभिल इन्जिनियरिङ् पढाइ हुँने तरखरमा छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नं ३ स्थित सिङ्गियामा रहेको यो जनता माद्यामिक विद्यालय रामधु्नीकै शैक्षिक क्षेत्रमा निकै योगदान पु¥याउँदै आएको विद्यालय हो । बौद्धिक अपाङ् विद्यार्थीको स्रोत कक्षा संचालित उक्त विद्यालय अहिले प्राबिधिक शिक्षा अध्यन हुने भएपछि निकै चर्चामा छ । 
साना कक्षाका विद्यार्थीमा प्राबिधिक शिक्षाको क्रेज
स्कुलको पहिलो घण्टी भरखर लाग्दै थियो । विद्यार्थीहरु रमाइरहेका थिए । जो नयाँ मान्छे गयो उनीहरु भन्दै थिए ‘हाम्रो स्कुलमा त प्राबिधिक शिक्षा आयो नि ।’ उनीहरु साइनो अनुसार कुरा गरिरहेका थिए । एक वहिनीले मलाई भनिन्, ‘दाई सुन्नुन’ मैले भने‘ भन न नानी’ हाम्रोमा त प्राबिधिक शिक्षा आकोछ सिभिल इन्जिनियरिङ्’ मैले पनि थाहा नपाए जस्तै गरेर भने‘ होर’ हतारहतार उनले भनिन् । ‘हो नि दाई पनि था थिएन ?’‘थाहा थियो’ मैले भने । 
८ कक्षाका विद्यार्थीको हुल नै आयो उताबाट । ‘दाई नमस्ते है ।’ ठाडै भाषामा एक पुराना परिचित भाइने भने । त्यसपछि प्राबिधिक शिक्षाकै कुरा जोडे उनीहरु भन्दै थिए । ‘ दाई आगौ देखि त हामी पनि ९ कक्षामा प्राबिधिक शिक्षा पढ्न पाउँने भयौँ ।’ मैले कुनै जवाफ दिएकै थिइन । अर्को भनाई आयो । ‘जावो बर्षको २० हजार त लाग्छ रे, ममीले भन्नुभएको मलाई त पढाउँने रे ।’ त्यहि हुलकी अर्की एक बहिनीले भन्दै थिइन । ‘ल ल पढ पढ’ म हास्दैहास्दै हिडे । उत्साहको त्यो खुसी उनीहरु साट्न सकिरहेका थिएन् । 
रामधुनी नगरपालिकामा नै पहिलोपटक आएको हो यो प्राबिधिक शिक्षा । अहिले सम्म न निजि विद्यालयमा न सामुदायिक विद्यालय कहि पनि प्राबिधिक शिक्षा पढाइ भएको छैन । नगरमा नै पहिलो पटक प्राबिधिक शिक्षा पढाई भएर होला सबैजना दङ्ग थिए । यस्तो प्राबिधिक शिक्षाको माहोललाई विद्यालयले कसरी ब्यवस्थित बनाएर लान्छ र कसरी यो उत्साह र हौसलालाई यथार्थमा बदल्न सक्छ ? यो निकै बहसको बिषय हो । हात्ती आयो हात्ती आयो फुसा भन्ने बाटोमा यो प्राबिधिक शिक्षा जानु हुँदैन भन्ने आम समुदायको अपेक्षा छ ।

गाउँ देखि चिया पसल सम्म प्राबिधिक शिक्षाको चर्चा 
जनता माविमा अध्यन सुरु हुन लागेको प्राबिधिक शिक्षाको चर्चा जतातै देख्न सकिन्छ । नगरपालिका देखि चिया पसल सम्म । स्थानिय तहका जनप्रतिनिधिहरु यो अध्यन सुरु हुन लागेकोमा निकै खुसि देखिन्छन् । वडा अध्यक्ष र नगर प्रमुखले यो बिषयको चर्चा गरिरेको सुन्न पाइन्छ । 
हुडेप नेपालले आयोजना गरेको एक कार्यक्रमको भेटमा मेयर जयप्रकास चौधरीले पनि यो प्राबिधिक शिक्षाले आफु उत्साहित भएको प्रतिकृया दिएका थिए । 
त्यस्तै इलाका प्रहरी कार्यलयका प्रमुख जितेश दाहाल, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रोहित नेपाल, जनता बहुमुखि क्याम्पसका स्ववियु सचिव बिनोद कोइराल र रामधुनी वडा नं १ का वडा अध्यक्ष महेस कुमार चौधरीले पनि यो बिषयलाई चिया गफमा निकै प्राथमिकता साथ गफ गरिरहेका थिए । 
त्यस्तै विद्यालयका शिक्षक, उच्च शिक्षा अध्यनरत विद्यार्थी र साना कक्षामा अध्यन गर्ने केटाकेटीहरुमा पनि प्राबिधिक शिक्षा प्रतिको उत्साह रहेको पाइएको छ ।
विद्यालयका प्रधानाध्यापक धनिकलाल मेहेताले प्राबिधिक शिक्षाले आफुमा झन जिम्मेवारी बढेको महसुस भएको बताउँछन् । विद्यालयमा उनी निकै उत्साहित देखिन्थे । अन्य शिक्षकहरुमा उत्साह निकै राम्रो थियो । कक्षा ११, १२ मा अध्यापन गराउँने शिक्षक कृष्ण तिम्सिना, सन्जिव चौधरी देखि कार्यलय सहयोगी सत्यनारायन चौधरी पनि हर्षित मुद्रामा थिए । 
त्यस्तै भर्ना गर्न विद्यालय पुगेका बृद्ध अभिभावकहरु र अध्यन गर्नै लागेका विद्यार्थीको ओठमा पनि मन्द मुस्कान थियो । आसा र भरोसाले अभिभावकहरु उत्साहित थिए भने उज्यालो भबिष्यको परिकल्पनाले विद्यार्थीहरु गदगद थिए ।
गाउँघरमा पनि ‘जनता माविमा त प्राबिधिक शिक्षा सुरु भएछ । कस्तो राम्रो भयो । अब त हाम्रा छोराछोरी पनि प्राबिधिक शिक्षा पढ्न पाउँने भए ।’ भनेको सुनिन्छ । उता अध्यन गर्ने विद्यार्थीका अभिभावकहरु चारैतिर शिक्षाको बारेमा बुझिरहेका देखिन्छन् । रामधुनी वडा नं ५ का एक अभिभावक आफ्नो छोरालाई लिएन विद्यालय पुगेका थिए । उनी सहायक प्रधानाध्यापक सँग भन्दै थिए । ‘सर यो कस्तो खालको शिक्षा हो ? भबिष्य त राम्रै हुन्छ नी ?’ सहायक प्रधानाध्यापकले बुझेजति कुरा बुझाइरहेका थिए ।
यसकारण ढिला भयो प्राबिधिक शिक्षा 
गत बैसाखमा नै शैक्षिक सत्र सुरु हुन्छ । बिभिन्न कारणले यो प्राबिधिक शिक्षाको अध्यन केहि ढिला भयो । प्राबिधिक शिक्षा अध्यन स्वीकृतिका लागि रामधुनीबाट ४ विद्यालयले माग गरेका थिए । त्यो सिफारिस नगरपालिकामा पुग्यो । नगरले ४ ओटै विद्यालयलाई सिफारिस गरेर जिल्ला शिक्षा समन्वय इकाइमा पु¥यायो । नगरले त समयमा नै सिफारिस गरेको थियो तर जिल्लाबाट सिफारिस केन्द्रमा जान अड्कियो । प्राबिधिक कारणले जिल्लाले पठाएको मेल केन्द्रमा पुगेन जुन कुरा निकै ढिला गरि थाहा भयो । जिल्ला शिक्षा समन्वय इकाइका कर्मचारीको हेलचेक्रयाइले गर्दा केन्द्रमा सिफारिस ढिला पुगेको सरोकारवालाहरुले आरोप लगाएका छन् । 
त्यस्तै जेठको अन्तिममा केन्द्रबाट स्वीकृति आयो तर रामधुनीको स्थानिय सरकार र शिक्षा साखाले केहि समय कुरा नबुझेर आलटाल गरेको विद्यालय प्रशासनले जनाएको छ । नगरले बोर्ड मिटिङबाट पारित गर्नुपर्छ भन्दै केहि समय अड्कायो । तर तत्काल बोर्ड मिटिङ पनि बसिएन । नगरको गौरब मानिएको प्राबिधिक शिक्षा जस्तो बिषयमा नगरले फाष्ट ट्र्याकबाट निर्णय गर्न सक्नु प¥थ्र्यो तर गर्न सकेन । अन्तत ः बैसाखमा नै सुरु हुनपर्ने प्राबिधिक शिक्षा जिल्ला र नगरको आलटालले साउँनमा अन्तिममा मात्र सुरु हुन लागेको छ ।  
सिटिइभिटी भन्दा राम्रो : विद्यालय
विद्यालयका प्रधानाध्यापक धनिकलाल मेहेताले यो प्रबिधिक शिक्षा सिटिइभिटीको कोर्ष भन्दा निकै राम्रो भएको दावि गर्छन । ‘सिटिइभिटीमा पढाइहुने कोर्ष यहाँको भन्दा फरक हो । यो नेपाल सरकारले स्वीकृति दिएर चलाएको कोर्ष हो । यसको क्षेत्र ब्यापक छ । तर सिटीइभिटीको कोर्ष सङ्कुचित थियो ।’ उनले भने । 
यो सुरुवाती बर्ष भएको र अभिभावकहरु पनि अन्योलतामा परेको विद्यालयका सहायक प्रधानाध्यापक देवनारायण चौधरीको बुझाई छ । यो शिक्षा निकै उत्कृष्ठ भएको र रामधुनीवासीका लागि उपलब्दिमुलक भएको उनले बताए । बिगत ३ बर्ष यता प्राबिधिक शिक्षाका लागि निकै कसरथ गरेको र यो बर्ष सफल भएको उनको भनाई छ । प्राबिधिक शिक्षा अध्यन स्वीकृतिका लागि रामधुनीबाट ४ विद्यालयको प्रस्ताव रहेको थियो । त्यसमा जनता मावि छानियो । त्यसमा विद्यालयका पूर्व प्रधानाध्यापको महत्वपूर्ण हात भएको उनले बताए । ‘ रिटायर भएपछि राजेन्द्र पौडेल सर ( पूर्व प्रअ ) ले काठमान्डौमा बसेर यो शिक्षाका लागि निकै पहल गर्नुभयो । उहाँको देन नै हाम्रा लागि महत्वपूर्ण छ ।’ चौधरीले भने । 
यो शिक्षा सुनसरीका थोरैे विद्यालयमा मात्र पढाई हुने विद्यालयले दावी गरेको छ । ‘शिक्षा सदन मावि धरान, ज्योति मावि इटहरी, राष्ट्रिय मावि कोसि गाउँपालिका र हाम्रो विद्यालयमा मात्र सिभिल इन्जिनियरिङ हुन्छ सायद ।’ विद्यालयका एक शिक्षकले भने ।
बौद्धिक अपाङ्ग  देखि प्राबिधिक शिक्षा
जनता माविमा वि.सं २०५४ सालमा बौद्धिक अपाङ्गको स्रोत कक्षा सञ्चालनमा आएको थियो । अहिले २२ जना बौधिक अपाङ् विद्यार्थी त्यहाँ अध्यनरत छन् । यो स्रोत कक्षालाई प्रदेशमा नै उत्कृष्ठ स्रोत कक्षाको रुपमा पनि चिनिदै आइएको छ ।
त्यस्तै विद्यालयमा बर्षैपिछे एउटा कक्षालाई नमुना कक्षाको रुपमा रुपमा अङ्ग्रेजी माध्याममा अध्यापन गराउँने गरिएको छ । विद्यालय किशोरीमैत्री छ । महिनावारी भएको समयमा आराम गर्न र आबस्यक परामर्श लिनका लागि छुट्टै कोठाको ब्यवस्था गरिएको छ । पुस्तकालयको ब्यवस्था छ । साइन्स ल्याव बनाउँका लागि केन्द्रिय स्तरबाट २५ लाख बजेट आएको विद्यालयले जनाएको छ । 
पर्याप्त प्राबिधिक ब्यवस्थापन सहितको विद्यालयमा, अपाङ्मैत्री, उपयुक्त खेलमैदान, हरियाली बोटबिरुवा र ब्यवस्थित शौचालयले गर्दा यो विद्यालय महत्वपूर्ण छ । बजार भन्दा अलि टाढा र एकान्त ठाउँमा भएकाले यो विद्यालय पढ्नका लागि उपयुक्त गन्तब्य र निजि विद्यालयको विकल्प बन्न सक्ने निश्चित छ । 
अहिले पनि विद्यालयमा करिब ९०० विद्यार्थी अध्यनरत रहेका छन् । जुन सङ्ख्या रामधुनीका अरु विद्यालयको तुलनामा उच्च हो ।
यस्तो छ, विद्यालयको इतिहास 
बिं सं. २०१५ सालमा तत्कालिन प्रधानपञ्च स्वा. कान्तलाल थारु र प्रधानाध्यापक हरिप्रसाद शर्माले प्राथमिक विद्यालयको रुपमा स्वीकृति लिइ सुरुवात गरेको यो विद्यालयलाई महत्वपूर्ण योगदान पु¥याउँने पात्रका रुपमाा भजनलाल चौधरी, बौकाइ चौधरी, विष्णुप्रसाद पराजुली, अनन्तप्रसाद रिजाल, रेवतीप्रसाद रिजाल र कृष्णमान श्रेष्ठको महत्वपूर्ण योगदान रहेको पाइन्छ ।
बिभिन्न कालखण्डमा, बिभिन्न राजनितिक उतारचढाव र क्रान्तिसँग लड्दै रामधुनीको शिक्षा क्षेत्रमा यो विद्यालयको योगदान महत्वपूण रहेको जानकारहरु बताउँछन् । थारु जातिका अगुवाले नै स्थापना गरेको यो विद्यालयले थारु समुदायका बालबच्चाको भबिष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥यायो । अहिले पनि त्यहाँ करिब ६५ प्रतिशत विद्यार्थी थारु समुदायबाट नै अध्यन गर्ने गरेका छन् भने बाकी ६५ प्रतिशत विद्यार्थी मात्र अध्य समुदायबाट प्रतिनिधित्व गर्ने गरेका छन् । 
उक्त विद्यालयमा वि सं ०५४ सालमा आवासीय सहितको बौधिक अपाङ्गताको स्रोत कक्षा स्थापना भयो जुन हाल पनि संचालित छ । ०३२ सालमा निम्म मावि पढाइहुने विद्यालयमा ०४६ सालमा माद्यामिक ( कक्षा १० ) अध्यन सुरु भयो । त्यो सँगै विद्यालयमा  ०६६ साल देखि कक्षा १२ सम्म अध्यन सुरु भएको थियो । त्यहाँ अहिले कक्षा ९ देखि १२ सम्म प्राबिधिक शिक्षा (सिभिल इन्जिनियरिङ् ) को पनि अध्यन सरु हुँनै लागेको छ । इन्ट्रान्स एक्जाम भइसकेको र साउँछ २६ गते देखि अध्यन सुरु हुँने प्रधानाध्यापक मेहेताले जानकारी दिए ।
यस्तो छ भावि रणनिति
०७४ श्रावण ६ गते देखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएका मेहेताले सवै पक्ष सँग सहकार्य गर्दै आफ्नो विद्यालयलाई सुनसरीमै नमुना विद्यालयको रुपमा बिकास गर्ने योजना रहेको बताए । 
उनले यो विद्यालय रामधुनीका सामुदायिक विद्यालयको तुलनामा उत्कृष्ठ रहेको दृष्टान्त दिदै अझ यो साखलाई थप मजबुत बनाउँने बताए । कक्षा ५ सम्म विद्यालयमा अनिवार्य अङ्ग्रेजी माध्याममा पढाउँने, कक्षा ६ देखि १० कक्षा सम्म नेपाली र अङ्ग्रेजी माध्यामका छुट्टाछुट्टै कक्षा संचालन गर्ने आफ्नो योजना रहेको उनले बताए । 
त्यस्तै बालमैत्री, अपाङ्गमैत्री र किशोरीमैत्री विद्यालयको अभ्यासमा आफुहरु गरिरहेको भन्दै उनले यसलाई अझ दृढ भएर कार्यान्वयन गर्ने बताएका छन् । 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।