इटहरी ६ बिच्छुधामी ग्रामथान समितिमा शुसिला चौधरी

स्थानीय - श्रावण २०, २०७६, सोमबार, रामधुनी

सुनिल चौधरी
इटहरी ६ स्थित मुख्य बजारमै रहेको बिच्छुधामी ग्रामथान समितिको पुनरगठन भएको छ । समितिको पुनरगठन हुदै अध्यक्षमा महिला नेतृ शुसिला चौधरी चयन भएकी छिन् ।
समितिकै उपाध्यक्षमा रोशन चौधरी,सचिवमा तेज नारायण चौधरी,कोषध्यक्ष सोनाला चौधरी,सह सचिवमा चिना खवास चयन भएका छन् । सदस्यहरुमा अनिता चौधरी, सचितानन्द साह, बुधन चौधरी, रुपनि चौधरी, ललित चौधरी र दसिया चौधरी रहेका छन् । त्यसैगरी सल्लाहकारमा मनोज,गुनर र दुखिलाल चौधरीलाई नियुक्त गरेको समितिले जानकारी दिएको छ । कानुनि सल्लाहकारमा अधिवक्ता रामराज चौधरीलाई राख्दै समितिलाई पुर्णरुप दिइएको छ ।
पुनरगठन ग्रामथानका निबर्तमान अध्यक्ष मनोज कुमार चौधरीको सभापतित्वमा भएको थियो । ग्रामथानलाई संरक्षणका लागि संस्थाको रुपमा स्थापना गर्ने भएको छ । संस्थाको रुप दिन बिधान समेत बनाउने समितिले जनाएको छ । बिधान तयारी तथा दार्ताकालागी समितिकी अध्यक्ष शुसिला चौधरीको संयोजकत्वमा समिति निर्माण भएको छ । सदस्यमा रोसन चौधरी र तेजनारायण चौधरी रहेका छन् ।
संस्था दर्ता गर्दै कानुनि रुपमा संरक्षणमा लाग्ने बर्तमान अध्यक्ष शुसिला चौधरीले जानकारी दिइन । सडक बनाउने नाममा ग्रामथान भत्काउने रणनिति भएपनि त्यस्तो रणनिति सफल दिन नहुने उनको भनाई छ । सडकको चौडाई मापदण्ड अनुसार केहि भाग रहने भएकोले जति ठाउँ भएपनि त्यसमा सुरक्षित गर्ने धारणा ब्यक्त गरिन । राजमार्ग छेउमै रहेको सो ग्रामथान केहि संस्कृति बिरोधिहरु समाप्त पार्ने चलखेलमा रहेको समेत जानकारी प्राप्त भएको बताइएको छ । यसलाई असफल पार्न समितिको भुमिका रहने नव गठित अध्यक्ष चौधरीले बताइन ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।