बलात्कृत नारीको मसानघाटमा मेरो ‘इन्ट्री’

स्थानीय - श्रावण २०, २०७६, सोमबार, रामधुनी

शिशिर भट्टराई
साँझ पर्नै लागेको थियो । साउनको दिन, क्षितिजको कालो बादलमा बृद्ध घामको हल्का रातो दृष्य मात्र देखिन्थ्यो । अस्तब्यस्त र दौडधुपपूर्ण जीवन, म केहि समय फ्रेस हुनका लागि नहरको डिलमा निस्कने निधो गँरे । 
घरबाट नजिकैको दुरीमा पर्छ नहर । नहर छेवैको बासघारी र खेतको हिलो छिचोल्दै म नहरको  नहरको डिलमा पुँगे । 

म वल्लो डिलमा । पारीपट्टी एक नारी रोइरहेको जस्तो देँखे । लगभग साँझ परिसकेकाले यसै हो भन्न सकिन । ती नारी को हुन र किन रोइन मलाई थाहा भएन । ‘दिदी’ मैले सानो स्वरमा बोलाएँ । तर उताबाट कुनै जवाफ आएन । मैले फेरी भने ‘ए दिदी’ तर पनि उत्तर आएन । मैले अलि साह्रो सोरमा बोलाउँने निर्णय गरेँ । ‘ए....दिदी.....किन नबोल्नुभको ३ चोटी बोलाइसके’ । बल्ल उत्तर आयो । ‘कसलाई मलाई बोलाउँनु भकोे हो ?’ अलि रुन्चे र नाँके स्वरमा उताबाट उत्तर आयो । मलाई ती नारी रुदै बसेकी छिन भन्ने निस्चित भयो अनि मैले भने । ‘हो हो, तपाइँलाई नै बोलाएको किन रुनुभएको भनेर नी ?’ उताबाट होइन भन्ने जवाफ आयो । 
मैले झन जीज्ञासु स्वभावमा सोधे ‘कहाँ हो दिदी घर ?’ म लगातार दिदी भनिरहेको थिएँ । तर उताबाट ती नारीले भाइ भनिन् । सायद उनी पिडामा थिइन र साह्रै मन लगाएर बोलेकी पनि थिइनन् । उनले भनिन् ‘ यतै हो ।’ क्रमशः रात परिरहेकेको थियो । नहरको डिल वारीपारी भएको गफ । मैले फेरी सोधे ‘यतै भनेको कता ?’ ‘नजिकै हो ।’ उनले भनिन् ।

‘तपाइँ घर जानेबेला भएन ?’ उनी मौन बसिन । मैले ठाडै भाषामा भने ‘हँ दिदी ?’ तर पनि उत्तर आएन । ‘किन नबोल्नु भको दिदी रिसाउँनुभयो ?’ मैले भने । मात्र एक शब्द उनले ‘हैन’ भनिन् ।
ती दिदीको भावुक स्वर, त्यो साझको समय, नहरको एकान्त डिल र घर जाने बेला भएन दिदी भन्ने प्रश्नमा मौनताले गर्दा ती नारी को हुन भन्ने म मा निकै कौतुहलता जाग्यो । नहरको डिल वारीपारी भएतापनि बिचमा पुल नभएको कारण मलाई त्यहाँ पुग्न निकै घुुम्नु पर्ने बाध्यता थियो । 

मैले ती नारीलाई आग्रह गरेँ । ‘दिदी म तपाइँ भएको ठाउँमा आउँछु ल ?’ ‘किन’ उनले भनिन् । सानो काम छ । ‘म त्यो परको पुल घुमेर आइन्जेल बस्दै गर्नु ल ।’ मैले भने । ‘हैन हैन नआउँनु भाई यहाँ आएर कुनै फाइदा छैन । म त्यस्तो मान्छे, जो यो समाजबाट लुटिएकी, त्यसैले तपार्इँ घर जानुहोस ।’ उनले भनिन् । 

उनका हरेक शब्द र मेरो प्रश्नको त्यो भावुक उत्तरले गर्दा उनी को हुन भनेर मलाई झन उत्सुक्ता बढ्यो । रात परिकसेकाले उनको अनुहार कस्तो छ भनेरपनि मैले राम्रो सँग छुट्याउँन सकेको थिइँन ।
जिद्धि गरेर मैले पारी जाने निर्णय गरे । त्यहाँ पुग्दा ३,४ दिन नकोरेको जस्तो झुत्रे कपाल, मैला लुगा, रोएर थाकेको अनुहार । उनी पागल जस्तै बसिरहेकी थिइन । मैले उनलाई दिदी भनेको ठिकै रहेछ । म भन्दा निकै एजेट लाग्यो उनी । उनलाई मैले प्रश्न गरे ‘दिदी के भयो, यो राति, यो नहरको डिलमा किन एक्लै बस्नुभएको’ ? कनै प्रतिकृया आएन । उनको त्यो हविगत देखेर मलाई निकै ठूलो पिडा भयो । मैले फेरी भने ‘ दिदी किन नबोल्नुभएको ?’ उनी झनझन रुन थालिन । म अचम्मित भएँ । ‘प्लिज दिदी भन्नुन ? म पनि त तपाइँको भाइ जस्तै त होनी ।’ 

अझै उनी बोलिनन् केवल रोइरहिन । उनको छेवैमा एउटा पेपर देखेँ । मैले त्यो पेपर टिपेँ । त्यो बेला उनले भनिन् । ‘ भाई त्यो नोट नपढ ।’ पारिपट्टी हुँद तपाई भन्दै थिइन । छेवैमाा पुगेपछि उनले तिमी भनिन् । मैले उनको आग्रह मानिन । उनको अवरोधका बिच मैले त्यो पढेँ । जुन उनको सुसाइट नोट रहेछ । त्यहाँ उनी आत्महत्या गर्न आएकी रहिछन् ।
त्यहाँ उनले आफु नहरमा आत्महत्या गर्ने कुरा उल्लेख थियो । उनको नोटमा १ बर्षको छोरा र श्रीमानलाई असिमित प्यार भन्ने शब्द उल्लेख थियो । उनले लेखेकी थिइन । ‘प्रिय...... तपाइँको हातमा यो नोट पर्छकी पर्दैन ? त्यो मलाई थाहा छैन । भगवान मार्फत मेरो आग्रह त्यो छोरालाई सधै माया गर्नु । म यो संसारमा नरहेपनि त्यो छारो मेरो मायाको चिनो छाडेर गएकी छु । म बलात्कृत भएँ । त्यो मेरो गल्ति थिएन । मैले न्याय पाइँन त्यो मेरो भुल थिएन । मैले परिवार र समाजको अगाडि इज्जत पचाउँन सकिन । त्यो समयको खेल थियो । ...................।’

यो प्रकारको उनको सुसाइट नोट देखेर म भावुक भएँ । मेरो आखाभरी आसँु भए । म रुन थाले । म रोएको देखेर ती दिदीले भक्कानिदै भनिन् । ‘ नरोउ भाई तिमी घर जाउँ बाबु ।’ उनको कुराले झन रुवायो मलाई । 
संहालिदै मैले उनलाई यथार्थ बताउँन आग्रह गरे । तर उनले पटकपटक अस्वीकार गरिरहिन र मलाई घर जान आग्रह गरिरहिन । निकै रातपरिसकेको थियो । हल्का उज्यालोमा नहरको टिलपिल पानी टल्किरहेको थियो । 
नहरको पल्लो डिलमा एक प्रहरी मोटरसाइकल लिएर आए । उनले त्यता लाइट लगाउँदै भने ‘को हौ तिमीहरु के खोज्दैछौ ?’ भावुक मुद्रामा भएकाले उनी बोल्न सकिनन् । मैले जसोतसो उत्तर दिएँ । ‘सर एकछिन् हावा खान निस्किएको मात्र । अब गैहाल्ने सर ।’ ‘हावा खान्छस साले केटी लिएर निस्किएको भन न । केहि भन्नै नपाइ उनले फेरी थपे । ‘तिमीहरुलाई म पारीपट्टी आएँमात्र भने त्यहि नहरमा गाड्दिन्छु ।’ कुरै नबुझि उनले जडिएको शैलीमा थर्काए । ‘सर भर्खर ८ पनि त बजेको छैन । अब घर गैहाल्ने हो । हामी दिदीभाई हो सर ।’ ‘मलाइँ सिकाउँछस आउँ ? त्यहाँबाट उठ म एकछिनमा आउँदा भेटेँ भने मार्दिन्छु’ । यति भनेर उनी हिडे ।
प्रहरीको धम्किपूर्ण अभिब्यक्तिले शरीरमा केहि क्रोध भरिएर होला हामी दुबैमा आशु अडियो । अनेक आग्रह गर्दा पनि ती दिदीले आफ्नो कुरा सुनाउँन चाहिनन् । तर उनको सुसाइट नोटले उनले आत्महत्या गर्न चाहेको र बलात्कृत भएर गाउँसमाजबाट अपहेलित भएको कुरा मैले थाहा पाएँ । मेरो रिकोएक्टमा पटकपटक उनी भन्दै थिइन ‘तिमी सुन्न सक्दैनौ ।’ 

मैले उनलाई मेरा दुखका कुरा र मैले समाजबाट भोगेको अनाबस्यक बद्नामीका कुरा अनि आफ्नो महिला हिंसा प्रतिको दृष्टिकोण सुनाएँ । त्यपछि बल्ल उनको मन फर्किएछ र आफ्ना कुरा सुनाउँन थालिन । 
आफु एजुकेडेड नारी भएको, सुरुमा सुखि परिवार भएको, श्रीमान बैदेसिक रोजगारीमा गएको र जागिरबाट घर फर्कदा आफु बलात्कृत भएको अनि आफ्नो दसा सुरु भएको काहानी उनले रुदँै सुनाइन । त्यो कहानीले मेरो मन छियाछिया भयो । 
उनले बतात्कृत भएको कुरा यसरी सुनाइन् । ‘भाई ! म एक बेलुका जागिरबाट घर फर्कदै थिएँ । त्यो जङ्गल छेवैमा । म स्कुटीमा थिएँ । मेरो स्कुटी जबर्जस्त रोकाइयो । त्यहाँ ३ जना केटाहरु थिए । त्यसपछि...........................।’
मैले त्यो घटना श्रीमानलाई सुनाएँ । उल्टै मलाई गालि गरे । परिवारमा थाहा भएछ । मैले छोएको पनि परिवारले खान छाड्यो । गाउँघरमा थाहा भएछ । त्यहाँ पनि मलाई नै दोषी देखाइयो । ती बलात्कारी मलाई सङ्का छ । त्यो मध्यको एउटा ......कै छोरा हो सायद । मैले प्रहरी सँग पनि कुरा गरे । तर न्याय पाइँन । एक प्रहरी अधिकारीले अनौपचारीक कुराकानीमा तुच्छ र हेपिएको ब्यवहार गरे । उनले म जस्तालाई न्याय दिन नसक्ने र न्याय लिनका लागि ५० लाख चाहिन्छ भन्ने तर्क दिए । एक कानुन् ब्यवसायी सँग सल्लाह गँरे । उनले पनि सहयोग गर्न नसक्ने जवाफ दिए । यसको एउटै कारण हो भाई म गरिब छु । म सँग पैसा छैन भन्ने सबैलाई थाहा छ । त्यहि भएर म बलात्कृत भएर तिरस्कृत भएँ । आफै बलात्कृत भएँ त्यो पिडा त छदैँछ । त्यसमा पनि परिवार र समाजको पिडा । श्रीमानले पनि फोन गर्दैनन् । आत्महत्या गर्नलाई सुसाइट नोट लेखेर आएकी । १ बर्षको छोरा छ । त्यसको मायाले गर्दा केहिबेर पर्खिएँ । म मेरो छोरालाई....उनी भन्दाभन्दै फेरी रुन थालिन । म भित्र पिडाको आगो बलिरहेको थियो । उनी कसरी भोगिरहेकी होलिन ? म सोच्दै थिएँ ।

संहालिदै आफ्नो काहानी छोडेर उनी यो देश र समाजलाई घृणा गर्न थालिन । उनी भन्दै थिइन । अब अन्तिम बिकल्प भनेको मेरो आत्महत्या हो भाई तिमी घर जाउ । ‘घर जाउ’ भनेर उनले भावुक हुने अघिकै कुरा दोहो¥याइन । 
मैले उनलाई महिला अधिकारकर्मी र चिनेजानेका कानुन ब्यवसायी सँग अनुरोध गरेर न्याय दिने आस्वासन दिदै थिएँ । तर उनी झन रुन थालिन किनकी उनी ती कथित महिला अधिकारकमर्मीबाट पनि पिडित भइसकेकी रहिछन् । 
उनले मलाई सानो सहयोग गर्न आग्रह गरिन । मैले गर्छु भने । उनी रुदै भन्न थालिन । ‘म मर्छु भाई मेरो श्रीमानलाई यो नोट जसरी पनि दिनु । मेरो फुल जस्तो छोराले कहिलै दुख नपाओस भाई । म अब यो समाजको पिडा खप्न सक्दिन । म अब मसानघाटमा पुगिसँगे ।’ उनको कुराले झन पिडित बनायो । म यति भावुक भएँकी बोल्न सक्ने शाहस पनि हाराएर आयो ।
‘दिदी अब फेरी एकपटक न्यायका लागि लडौँ न त’ मैले आग्रह गरेँ । तर उनले अस्वीकार गरिन । उनले भनिन् ‘केवल मेरो अन्तिम इच्छा छ भाई ? मैले भने ‘के ?’ मेरो फोन उठाएनन् । मेरो श्रीमानलाई सोध्ने इच्छा थियो । मेरो माया लाग्छकी लाग्दैन भेनेर । यस्तै कुरा हुँदै थिए .................................।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।