८३ समाचारहरू

समाज

बिरामी बोकेको सुमो दुर्घटना बिरामीको मृत्यु, २ घाइते

- चैत्र २५, २०७५, सोमबार, खोटाङ

खोटाङको रावावेशी गाउँपालिका-३ चिउरीवास भन्ने स्थानमा आइतवार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चिउरीवासबाट बिरामी बोकेर लामीडाँडा तर्फ जाँदै गरेको ना १ ज ७४४७ नम्बरको सुमो आँफै अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।...

भीषण हावाहुरीबाट ज्यानगुमाउनेको संख्या ३१ पुग्यो

- चैत्र १८, २०७५, सोमबार, बारा

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको...

जातीय भेदभाव गरेको आरोपमा पक्राउ

- चैत्र ८, २०७५, शुक्रबार, दमौली

जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना...

होलीको रंगबाट कपाल कसरी बचाउने ?

- चैत्र ६, २०७५, बुधबार, काठमाडौं

होलीको समयमा रंग सँग रमाउने मात्र हैन् आफ्नो छाला अनि कपालको पनि उतिकै ख्याल गर्न धेरै जरुरी छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् जसले छाला र कपाललाई रुखो बनाउछ । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको...

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

- फाल्गुन २२, २०७५, बुधबार, दाङ

(खबरबिट) थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए । ‘ढकिया थारूको पहिचानसँग जोडिए छ’, उनले भने, ‘तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।’ नयाँ...

अदालत जान्छु भन्दा प्रहरीले थुनेपछि...

- फाल्गुन १३, २०७५, सोमबार, सुनसरी

o किरण चौलागाईं o शुक्रबार । पत्रिकाको काम हुँदैन । शनिबार व्यस्त भएपनी शुक्रबार चाहीँ फुर्सदिलो भइन्छ । पत्रकारितमा फुर्सद निकै महंगो कुरा हो, जो प्राय मिल्दैन । पारिवारिक काममा शुक्रबार अलमलिने विचार गरेपने बिहान एक परिचितको फोन आयो । फोनमा प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरियो । चिनजानै भएकैले...

आफैले चलाएको गोली लागेर मृत्यु

- माघ २४, २०७५, बिहिबार, रोल्पा

आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ ।...

धनुषामा जन्ती बोकेको बसमा करेन्ट लागेर ७ को मृत्यु

- माघ १२, २०७५, शनिबार, जनकपुर 

धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन् । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लागेको हो ।बसको छतमाथि राखेको ट्रंक जस्ताको बाकसमा विजुली ११ हजार भोल्टको तारमा...

१० दिनदेखि बेपत्ता बालिका  नहरमा मृत फेला

- पुष २५, २०७५, बुधबार, नवलपरासी

नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत अबस्थामा फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।