Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

ओलीलाई एकपछि अर्को धक्का

खबरबिट by खबरबिट
11/06/2021
in पत्रपत्रिका
0
ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?
131
VIEWS
Share on FacebookShare on Twitter

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी उल्लेख गरेको बेहोरालाई मान्यता नदिएको हो। योसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको एमाले दशौं महाधिवेशन आयोजक समितिले कानुनी मान्यता नपाएको अवस्था देखिएको छ।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ मा कर्णाली प्रदेशसभामा विश्वासको मत लिने क्रममा एमालेका चारजना सांसदले ‘फ्लोर क्रस’ गरेका थिए। पार्टीको ह्विप उल्लंघन गरेको भन्दै एमालेले गत वैशाख १४ मा उनीहरूलाई कारबाहीको निर्णय गरेको थियो। कारबाहीपछि पदमुक्त भएका उनीहरूले त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)​ दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेतबाट निष्कासन गरेको निर्णय तथा सो आधारमा वैशाख १२ मा नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू’, बिहीबार जारी आदेशमा भनिएको छ, ‘निवेदकहरूलाई कर्णाली प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०​ कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत् काम गर्न दिनू भनी यो अन्तरिम आदेश जारी गरिदिएको छ।’ एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा भएको निर्णयको हवाला दिँदै प्रदेशसभाबाट निष्कासन गर्नु गलत रहेको सर्वोच्चको ठहर छ।

आदेशमा दल छोडेर अन्यत्र नगएका आफ्ना सदस्यलाई सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्ने उल्लेख छ। आबद्ध रहेको सम्बन्धित दलबाट निष्कासन गर्दा सफाइ पेस गर्ने मौका दिनुपर्ने र दलको केन्द्रीय समितिले निष्कासन गर्नसक्ने सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने निर्णय प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐन विपरित भएको अदालतले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

Tags: केपी ओलीसर्वोच्च अदालत

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
जहाँ भारतीय छिमेकीको भरमा बाँच्छन् नेपाली

जहाँ भारतीय छिमेकीको भरमा बाँच्छन् नेपाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.