सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ कार्यालयलाई कांग्रेस वडा ३ नम्बर कमिटीले ८० बोरा चामल राहतको लागि हस्तान्तरण गरेको छ ।
लकडाउनको समयमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई समस्या परेको भन्दै वडाध्यक्ष रुद्र दाहाललाई हस्तान्तरण गरेको ३ नम्बर वडा कमिटीका सभापति नारायण निरौलाले बताए ।
बराहक्षेत्र वडा नम्बर ३ ले आफ्नो आन्तरिक स्रोतबाट समेत एकद्वार प्रणालीबाट राहत वितरण गर्दै गर्दा बुधबार कांग्रेसले पनि २५ केजिको ५० बोरा र २० केजीको ३० बोरा गरे जम्मा ८० बोरा हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेस वडा नम्बर ३ वडा कमिटीबाट आर्थिक संकलन गरेर जम्मा भएको ७३ हजार ६ बराबरको चामल हस्तान्तरण गरेको अमृत खड्काले बताए । यसैक्रममा वडा नम्बर ५ कमिटीले २० केजि दरका ५५ बोरा वडा नम्बर ५ लाई हस्तान्तरण गरेको सभापति जगत कार्कीले बताए । उनले ४३ हजार ४ सय ५० रुपैयाँ बराबरको चामल हस्तान्तरण गरेको बताए ।
उक्त खाद्यान्न हस्तान्तरण गर्न बराहक्षेत्र उपसभापति जगत कार्की, जिल्ला सदस्य राजदिप लामा, वडा ३ सभापति नारायण निरौला, तिलक कार्की, अमृत खड्का, थिरबहादुर कार्की, पुजा धामी लगायतको बाक्लो उपस्थितमा उक्त चामल हस्तान्तरण गरेका थिए ।