बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिकाको वडा नं ११ मधुवनमा १ जना कोरोना संक्रमित फेला परेसँंगै नगरले वडा नम्बर १० र ११ लाई सिल गरेको छ ।
नगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै पूर्णरुपमा सिल गरिएको जनाएको छ ।
सोमबार ११ नं वडा मधुवनमा १ जना कोरोना संक्रमित देखिएकोले थप संक्रमण फैलन नदिन १० र ११ नं वडालाई सिल गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरपालिकाले नगरवासीको सुरक्षामा उच्च सतर्कता अपनाउँदै बुधबादेखि अर्को आदेश नभएसम्मको लागि बराहक्षेत्र नगरपालिका १० र ११ नं वडामा हुने अत्यावश्यक सेवा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसल बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाई पूर्ण रुपमा शिल गरिएको जनाएको छ।