काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितका संख्या १८११ पुगेको छ ।
दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी पछिल्लाे २४ घण्टामा थप २६६ जनामा काेराेना संक्रमण भएकाे जानकारी दिएको केहीसमयमै विज्ञप्ती मार्फत १३ जना थपिएको जनाएको हो ।
मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको र यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको जनाएको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।