बराहक्षेत्र नगरपालिकाले बढी भिडभाड हुने ११ वटै वडाका ४१ जना पसल सञ्चालकको पीसीआर परीक्षण गरेको छ ।
लकडाउन खुलेपछि र यही अवस्थामा छिमेकी नगरपालिकाहारुमा संक्रमित बड्न थालेपछि बराहक्षेत्र नगरपालिकाले पनि कोरोना भाइरस संक्रमणको अवस्था थाहा पाउन उक्त व्यापारीहरुको पीसीआर परीक्षण गरेको हो ।
प्रत्येक वडाका ४,५ जनाका दरले पीसीआर परीक्षण गर्दा गाउँमा कोरोना भाइरस छ छैन भनेर पत्ता लगाउन स्वाब टेस्ट गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पाठाएको बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका उमेश मेहताले बताए ।