काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना निको भएका छन् ।
त्यसैगरी पछिल्लाे २४ घण्टामा ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै बराहक्षेत्र नगरपालिकामा नयाँ भेरियन्ट कोभिड १९ संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।